लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बालकमाथि यौन हिंसा

IMG

तिलोत्तमा।  हालसालै ल्यान्सेन्ट पब्लिकेशनले सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वमा १८.९%, पुरुष १४.८ % विभिन्न प्रकारका यौन हिंसामा पर्ने गरेको खुलासा गरेको छ । जसमध्ये ७१.९% पुरुषहरु र ६७.३% महिलाहरुले १८ वर्ष पुग्नु अगावै यौन हिंसा भोग्ने गरेको पाइएको छ । 


उक्त अध्ययन प्रतिवेदनका अनुसार यो अवस्था सन् १९९० देखि नै उस्तै रहेको बताइएको छ जसले यौन हिंसाविरुद्ध हाम्रा प्रयासहरु अझै कम रहेकोतर्फ इंगित गर्दछ । बालकप्रति हुने यौन हिंसाको विषयमा छलफल कार्यक्रममा उक्त तथ्यांक सार्र्वजनिक गरिएको हो । कार्यक्रममा बोल्दै राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य सचिव इन्द्रादेवी ढकालले बालकहरुको पिडा बुझ्ने र सुन्ने अवस्था थोरै रहेको बताउनुभएको छ ।


बालिका मात्र यौन हिंसामा पर्छन् भन्ने सोचका बिच सन् २०२१ देखि निलो छाता दिवस मनाएर बालकहरु प्रति हुनेयौन हिंसाको घटनालाई विश्व सामु फैलाउनुका साथै बालक र बालिकाबिच रहेको नीतिगत विभेदका विषयमा बोल्दै समानताका लागि पैरवी गर्ने क्रममा भ्वाईस अफ चिल्ड्रेनले गरेको नेतृत्वको प्रशंसा गर्नुभयो । 


यस सवालमा हस्ताक्षार अभियान थप महत्वपूर्ण रहेकोतर्फ एक्यवद्धता जनाउँदै उहाँले कानूनी मान्यता सहित सामूहिक प्रयासले मात्र बालकको अधिकार सुरक्षित हुने कुरामा जोड दिनुभयो । यसर्थ यो अभियानमा सबै क्षेत्रको सकृयताको खाँचो रहेको हाल कानून संशोधनमा गएकोमा राष्ट्रिय बाल अधिकार परिषद्ले पनि बालकमाथि यौन दुव्र्यवहारका सवालमा रहेका विभेदपूर्ण कानून शंशोधनका लागि पहल पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 


भ्वाईस अफ चिल्ड्रेनका कार्यकारी निर्देशक कृष्ण कुमार थापाले बालकमाथि हुने यौन हिंसाबिरुद्ध निलो छाता अभियान संचालन गरिरहेको जानकारी दिंदै यसका लागि विश्वभरीबाट एक लाख हस्ताक्षर संकलन गरी संयुक्त राष्ट्रसंघमा बुझाउने लक्ष्य रहेको बताउनुभयो । यसका लागि अनलाइन र अफलाईन दुवै माध्यमबाट हस्ताक्षर संकलन शुरु गरिएको र नेपालबाट मात्रै करीब ४० हजार हस्ताक्षर संकलन गर्ने लक्ष्य रहेको उहाँले स्पष्ट पार्नुभयो ।


महिला, किशोरी, बालिकालाई मात्रै यौन हिंसा हुन्छ भन्ने बुझाई रहेकोमा अप्रील १६ लाई निलो छाता दिवसको रुपमा संयुक्त राष्ट्रसंघले मान्यता दिएकोमा बालिका तथा छोरी मात्र नभएर बालक वा छोरा पनि यौन हिंसामा पर्न सक्छन् र उनीहरुलाई पनि सुरक्षा आवश्यक छ भन्नेमा जनचेतना जगाउन मद्दत गर्ने बताउनुभयो । यसले सोही अनुसारको कानुन संशोधन गर्दै विभेदरहित नीति बनाउन सहयोग गर्नेमा थापाले जोड दिनुभयो । 


कार्यक्रममा बालकमाथि हुने यौन हिंसाबारे विभिन्न तथ्यांकसहितको प्रस्तुती राख्दै भ्वाईस अफ चिल्ड्रेनकी वरिष्ठ कार्यक्रम प्रबन्धक कृति भट्टराईले विभिन्न सामाजिक मुल्य र मान्यता, पितृसत्तात्मक सोचका साथै छोरा मान्छे सधैँ बलियो भैरहनुपर्छ भन्ने अभ्यासका कारण बालकले आफूमाथि हुने गरेको हिंसाबारे खुलेर बोल्न नसक्ने बताउनुभयो । 


युनिसेफको पछिल्लो अध्ययन प्रतिवेदन जसमा विश्वभर ४१ करोडदेखि ५३ करोड बालक तथा पुरुष अर्थात हरेक ७ मध्ये १ जनाले बाल्यवस्थामा नै यौन हिंसा भोगेका हुन्छन् र यसमा पनि २४ करोडदेखि ३१ करोड बालक युवा अर्थात हरेक ११ मध्ये १ जनाले बलात्कार तथा यौन हिंसा भोगेका तथ्यांक प्रस्तूत गर्दै भट्टराईले त्यस्ता पीडित बालकलाई दिनुपर्ने सेवा सुविधा तथा न्यायमा पहुँच निकै कम रहेको उजागर गर्नुभयो । 


सन् २००८ को सडक बालबालिकाको तथ्यांक प्रस्तुत गर्दै उहाँले ८५ प्रतिशत सडक बालक यौन दुब्र्यवहारमा पर्ने गरेको देखाएको तर पछिल्लो समय यस्ता अध्ययन नभएकाले पनि बालकमाथि हुने यौन दुव्र्यवहारबारे यकिन तथ्यांकको कमी रहेकोतर्फ औल्याउनुभयो । कार्यक्रममा बोल्दै खोजतलास केन्द्रका डिएसपी महेश थापाले प्रहरीमा दर्ता हुन आएका मुद्दालाई गम्भिररुपमा अध्ययन गरि पिडकलाई कानूनी कारबाहीको दायरामा ल्याउने गरेको बताउनुभयो ।


यस्तै वरिष्ठ पत्रकार बबिता बस्नेतले छोरा वा बालक पनि यौन हिंसामा पर्न सक्छन् भन्ने विषय निकै कम आउने गरेका कारण उनीहरुको सुरक्षाबारे अभिभावकको खासै चिन्ता नहुने गरेको तर्फ इंगित गर्दै बालक आफ्नै नजिकका नाता सम्बन्धबाट पनि दुव्र्यवहारमा पर्न सक्नेबारे सचेत हुनपर्ने बताउनुभयो । यस्तै अर्का वरिष्ठ पत्रकार टंक पन्तले यस्ता विषय उठान गर्न संचार जगतको महत्वपूर्ण भूमिका हुने र त्यसमा आफ्नो प्रतिबद्धता रहेको बताउनुभयो । 


सहभागी हिरा महर्जनले नेपालका बाल बालिकाको यौन दुव्र्यवहारका विषयमा थप अनुसन्धान गर्नुपर्ने र थप पिडित हुन नदिने तर्फ ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा विभिन्न पाँच संघसंस्था साथी, सि डब्लु सीएन, सिविन नेपाल, हामी दाजुभाई र भ्वाईस अफ चिल्ड्रेनका आवासगृहमा रहेका बालबालिकाले बालकमाथि हुने गरेको यौन हिंसाबारे तयार गरेका चित्रकला प्रर्दशनी पनि गरिएको थियो । 

कमेन्ट गर्नुहोस्