लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी जोड्ने जोड्ने सडक स्तरोन्नति

IMG

तिलोत्तमा। बुटवलदेखि १७ किलोमिटर पश्चिम कलौनीबाट बुद्ध जन्मस्थल लुम्बिनी जोड्ने सडकको स्तरोन्नतिको काम सुरु भएको छ । पूर्वपश्चिम राजमार्गको सैनामैना नगरपालिका–६, कलौनीदेखि लुम्बिनी जाने करिब २१ किलोमिटर सडकलाई डबल स्ट्यान्डर्ड लेनमा विस्तार गर्दै स्तरोन्नतिको काम सुरु भएको हो । १० वर्षअघि कालोपत्रे भएको कलौनी–लुम्बिनी सडक मर्मत अभावका कारण ठाउँ ठाउँमा भत्किएपछि पुरानो सडकलाई डेडिकेटेड दुई लेनमा विस्तार गर्दै स्तरोन्नतिको काम सुरु भएको हो । 


यो सडक स्तरोन्नति भएपछि पूर्वपश्चिम लोकमार्गबाट यात्रा गर्नेले लुम्बिनी जान भैरहवा हुँदै घुमाउरो बाटो प्रयोग गर्नु पर्दैन । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल र रुपन्देही–५ का प्रतिनिधि सभा सांसद् वासुदेव घिमिरेले सैनामैनाको कलौनीमा मङ्गलबार सडक स्तरोन्नतिको शिलान्यास गर्नुभएको हो । 


रुपन्देही क्षेत्र नंं. ५ का प्रतिनिधि सभाका सांसद घिमिरेले स्थानीय जनताको माग चार लेन सडक निर्माण हुनु पर्छ भन्ने रहे पनि बजेटको अभावका कारण त्यो गर्न नसकिएको बताउँदै आगामी १५÷२० वर्षसम्मको जनसङ्ख्यालाई धान्ने गरी अहिले दुई लेन सडक विस्तारसँगै स्तरोन्नतिको काम सुरु भएको बताउनुभयो । उहाँले बजेट अभावका कारण यो वर्ष करिब एक किलोमिटर सडक स्तरोन्नतिको काम सुरु भए पनि अर्को वर्ष बजेट बढेर आउने बताउनुभयो । 


सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर महेश्वर लम्सालले यो सडकको स्तरोन्नतिका लागि चार करोड रुपियाँ विनियोजन गरेर ठेक्का भएको बताउनुभयो । उहाँले डेडिकेटेड डबल लेन स्ट्यान्डर्डमा सडक निर्माण हुने बताउँदै सडकमै गाडी पार्किङ गरे पनि मजाले गाडी चल्न सक्ने गरी सडक बन्ने बताउनुभयो । 


उहाँले चार लेन सडक नभए पनि डबल लेन स्ट्यान्डर्डको यो सडकले आगामी १५/२० वर्ष धान्छ भन्ने अनुमान गरिएको बताउनुभयो । यो सडकका लागि चार करोड बजेट परेकोमा एआरके आरम्भ जेभी लुम्बिनीले दुई करोड ९७ लाख ४६ हजारमा ठेक्का लिएको छ । सडक निर्माणका व्रmममा दायाँबायाँ नाला र फुटपाथसहित कलौनी चोकबाट काम हुने छ । यही असारको मसान्तसम्ममा काम सक्नुपर्ने गरी सम्झौता भएको छ । सडकमा ट्राफिक सेफ्टी, रोड मार्किङ र साइनबोर्डसमेत राखिने भएको छ ।


सडक निर्माणको ठेक्का पाएको एआरके आरम्भ जेभीका सञ्चालक राजेश कुमारले निर्धारित समयभित्र सडक निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयोे ।  


कमेन्ट गर्नुहोस्