
तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधिहरु र पोषणसम्बद्ध सरोकारवालाहरुको बीचमा पोषण सम्बन्धी विषयमा अन्तरक्रिया सम्पन्न भएको छ । कुपोषणबाट बालबालिकामा पर्ने असरबारे जानकारी गराउने उद्देश्यले तिलोत्तमा नगरपालिकाको आयोजना तथा सेतो गुँरासको संयोजन र व्यवस्थापनमा पोषणको विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले बालबालिका र गर्भवती महिलामा पोषणको अन्तर सम्बन्ध हुने र विषादीरहित खाद्य तथा पोषण, रैथाने खाना, स्वस्थकर खानपान, मातृ तथा नवजात शिशु पोषणलगायत विषयमा आधारित रहेर सबै अभिभावक परिवार र स्वास्थ्यकर्मीहरुले सहजीकरण गर्नुपर्ने बताउनुभएको थियो ।कार्यक्रममा सहभागी सरोकारवालाहरुले नगरभित्र उत्पादित पोषणयुक्त खानेकुरा, तरकारी, फलफुल तथा खाद्यान्नको प्रयोगले नियमित खानपानमा सहि समय र सहि खाना भएमा मात्र कुपोषणको शिकार हुन बाट नागरिक बच्ने बताएका छन् ।
कमेन्ट गर्नुहोस्