लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पटक-पटक बिजुली गएपछि मध्यरातमा विद्युत् प्राधिकरण तालचोकका कर्मचारीको मापसे चेक

IMG

तिलोत्तमा सिटी,२०८२  वैशाख ३० । नेपाल विद्युत् प्राधिकरण तालचोकका कर्मचारीको मध्यरातमा मादक पदार्थ सेवन परीक्षण गरिएको छ । पटक पटक बिजुली गएपछि यहाँका कर्मचारीको मापसे चेक गरिएको हो । 


विजुली काटिएपछि स्थानीय र पर्यटन व्यवसायीले प्रहरीमा उजुरी गरेका थिए । स्थानीयकै आग्रहमा मापसे चेक गरिएको इलाका ट्राफिक कार्यालय डाँडाको नाकका इन्चार्ज बेदनाथ भण्डारीले जानकारी दिए । 


तर उनीहरुले मादक पदार्थ सेवन गरेको नभेटिएको उनले बताए । 'नागरिकको निकै धेरै गुनासो आयो, हामीले चेक गर्यौं । तर मापसे गरेको भेटिएन,' उनले भने, 'नागरिकसँग राम्रो व्यवहार नगरेपछि मापसे गरेको शङ्का लागेर हामीलाई चेक गर्न आग्रह गरेपछि चेक गरेका हौँ ।'

कमेन्ट गर्नुहोस्