लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बुटवलमा प्रेस सेन्टर नेपाल रुपन्देहीको दिप प्रज्वलन

IMG

तिलोत्तमा।विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बुटवलमा प्रेस सेन्टर नेपाल रुपन्देहीले दिप प्रज्वलन कार्यक्रम गरेको छ। हालैका राजनितिक आन्दोलनमा हत्या गरिएका पत्रकार सुरेश रजकको न्याय र घाइते पत्रकार सविना कार्कीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रेस सेन्टर कार्यालय परिसरमा दीप प्रज्ज्वलन गरेको हो।


सो अवसरमा बोल्दै केन्द्रिय सदस्य यानेन्द्र जिसीले पत्रकारको कलममा हुने हस्तक्षेप कदापि स्वीकार्य नहुने र त्यसको बिरुद्धमा खरो उत्रिन प्रेस सेन्टरका पत्रकारहरुलाई आग्रह गर्नुभयो।  सो कार्यक्रममा बोल्दै अर्का केन्द्रिय सदस्य रमेश पोख्रेलले जनताको बलिदानीले प्राप्त गरेको स्वतन्त्रता सबै विधामा हुने बहेकोले देशको चौथो अंगलाई कुनैपनि तत्वले हस्तक्षेप  गर्न नहुने र गरेमा त्यसको प्रतिकारमा उत्रिनु पर्ने बताउनुभयो। 


सो अवसरमा बोल्दै प्रेस सेण्टर नेपाल रुपन्देहीका अध्यक्ष बिष्णु पोख्रेलले जनताले प्राप्त गरेको स्वतन्त्रताको हकमा जनता सचेत भई लाग्नु पर्ने बताउनुभयो। प्रेसले सरकार र अन्य तह बाट सधै हेपिनु परेको र संरक्षणमा खासै चासो नदेखाएकोले आगामी दिनमा सुरक्षा र सुबिधाको प्रबंधा मिलाईनु पर्ने बताउनुभयो। कार्यक्रममा प्रेस सेन्टरका रुद्रहरी कुँवर,पत्रकार टिआर शर्मा, बिनोद परियार,संजय सौगात ,भरत पाण्डे, सनु थापा,मिन राना, रिया बस्नेत,सुनिता प्रतिबिम्ब लगायतका पत्रकारहरले आ-आफ्ना धारणा ब्यक्त गर्नुभएको थियो।

 

कमेन्ट गर्नुहोस्