
बुटवल । शनिबार विश्व प्रेस स्वतन्त्रता दिवस मनाइएको छ । दिवसको अवसरमा सञ्चार सम्बद्ध विभिन्न संस्थाहरुले कार्यक्रम गरेका छन् । नेपाल पत्रकार महासंघले नलेज सिरिजको सुरुवात र सञ्चार माध्यममा एआईको प्रभाव विषयक कार्यक्रम गरेको छ ।
कार्यक्रममा सहभागीहरुले पछिल्लो समय एआइको प्रभाव सञ्चार माध्यममा परेको बताएका थिए । कार्यक्रममा पत्रकार महासघंका केन्द्रीय सदस्य रामराज पोखरेलले पत्रकारहरु प्रविधीसँगसँगै हिड्नुपर्ने बताउनुभयो । प्रविधिको बारेमा पत्रकार अनविज्ञ भएमा समयअनुसारको पत्रकारितामा पछि पर्ने भएकाले पत्रकारलाई नयाँ आविस्कार र प्रविधिका बारेमा ज्ञान हासिल गर्नु पर्ने सुझाव दिनुभयो । उहाँले एआईको प्रयोग र यसको सकारात्मक प्रयोगलाई पत्रकारितामा पनि अभ्यासका रुपमा लिन सकिने उल्लेख गर्दै पत्रकारितामा डिजिटल प्रविधिको ज्ञान अपरिहार्य रहेको बताउनुभयो ।
कार्यक्रममा डा.बालकृष्ण चापागाईंले पत्रकारिताको ईतिहास देखि बर्तमानका कुरा सो सम्बन्धि बहसमा ब्यक्त गर्नुभएको थियो। पूर्व अध्यक्ष यानेन्द्र जिसीले युग अनुसारको पत्रकारिता गर्नुपर्ने धारणा राख्नुभयो । सल्लाहकार हरिष ढकालले प्रविधिसँगै पत्रकारिता सहज बन्दै गएको सुनाउनुभयो । सल्लाहकार विनोद परियालले ए आइको युगमा मुलधारको सञ्चार माध्यममा चुनौती थपिएको भन्दै नयाँ शैलीले अघि बढ्नुपर्ने धारणा राख्नुभयो । पत्रकार महासंघ रुपन्देहीले आयोजना गरेको कार्यक्रममा बक्ताहरुले प्रेस स्वतन्त्रताको सुरक्षा हुनुपर्ने धारणा राख्नुभएको थियो ।
कमेन्ट गर्नुहोस्