लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सरकारको नीति तथा कार्यक्रम भोलि सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुने

IMG

काठमाण्डाै – सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम भोलि सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ ।सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुने छ ।राष्ट्रपतिको सवारीका लागि आवश्यक सुरक्षा प्रबन्धसहित रिहर्सल गर्ने काम भोलि बिहान गर्ने र बाँकी तयारी पूरा भएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्