
तिलोत्तमा।भारतको कानपुरमा यहि अप्रिल २७ मा संचालन भएको ७ औं इन्डो नेपाल ओपन तेक्वान्दो च्याम्पियनसिप २०२५ सपन्न भएको छ। नेपालको तर्फबाट रुपन्देहीको तिलोत्तमा तेक्वान्दो डोजाङले प्रतिनिधित्व गर्दै टिम दोस्रो भई नेपालको पहिचान विश्वसामु चिनाउन सफल भएको छ। 40 स्वर्णको लागि प्रतिस्पर्धा भएको तिलोत्तमा तेक्वान्दो एकेडमिका डोजाङ प्रमुख विस्नु कुमार थारूले जानकारी दिनु भएको छ।
प्रतियोगितामा १० जना खेलाडिहरु प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा ७ स्वर्ण ,१ रजत र २ कास्य गरि टिम दोस्रो भएको छ । प्रतियोगिताको पुरुष तर्फमा २३ के.जि मा स्वास्तिक चौधरी स्वर्ण, २५ के.जि हेमन्त चौधरी स्वर्ण, ३३ के.जि भिम थारु स्वर्ण, त्यसै गरि महिला तर्फमा साया नेपाली २१ के.जि मा स्वर्ण, ३४ के.जि मा ईभान्जलि परियार स्वर्ण, ४०के.जि तर्फ रबिना तामाङ स्वर्ण, ४४ के.जि मा अन्जनि चौधरीले स्वर्ण ल्याएको थिए, त्यसैगरी २८ के.जि.शिखा परियार रजत पदक २३ के.जि मा शुभम जिएम कास्य ४० के.जि मा प्रिन्स थापा कास्य ल्याउन सफल भएका थिए।
कमेन्ट गर्नुहोस्