लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गण्डकी र त्रिभुवन आर्मी विजयी : १० औं मणिमुकुन्द भलिवल कप

IMG

तिलोत्तमा।रुपन्देहीमा जारी १० औं मणिमुकुन्द भलिवल कप पुरूष इन्डो–नेपाल क्लब च्याम्पियनसिप प्रतियोगितामा गण्डकी प्रदेश भलिबल संघ र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । बुधबार भएको पाचौ दिनको नवौ खेलमा गण्डकीले गल्कोट भलिबल क्लबलाई ३–२ को सेटमा तथा दशौ खेलमा त्रिभुवन आर्मी क्लबले आयोजक मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।


तिलोत्तमा नगरपालिका–२ स्थित क्लबको खेल मैदानमा भएको निक्कै प्रतिस्प्रर्धात्मक खेलमा गण्डकीले पहिलो सेट २५–१९ अंकको साथ सेट आफनो पक्षमा पार्दै अग्रता लियो । दोस्रो सेट भने गल्कोट भलिबल क्लब २५–२० अंकका साथ खेलमा फर्कियो । तेस्रो सेटमा फेरि गण्डकीले २७–२५ अंकका साथ जित निकाल्दै खेलमा अग्रता लियो । चौथो सेटमा गल्कोटले २५–११ का साथ फेरि खेल बराबरी गर्यो । निर्णायक पाचौ सेटमा गण्डकी १५–११ का साथ जित निकाल्दै खेल आफनो पक्षमा ल्याउन सफल भयो । खेलमा गण्डकीका विष्णु क्षेत्री प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।


यसैगरि दोस्रो खेलमा आर्मीले २५–१८, २५–२३, २५–२२ को लगातार सोझो सेटमा मणिमुकुन्दलाई पराजित गरेको हो । खेलमा आर्मीका सरोज चौधरी प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।लिग चरणकै छैटौ दिन विहिबार एघारौ खेलमा भारतको साग भलिबल एकेडेमी र विभागिय टिम शसस्त्र प्रहरी बल (एपीएफ क्लब) तथा बाह्रौ खेलमा गल्कोट भलिबल क्लब र नेपाल पुलिस क्लबका बिचमा खेल हुने संयोजक सुरेन्द्र गुरुङले बताए । बैशाख ६ गतेबाट सुरु भएको प्रतियोगिता १३ गतेसम्म संचालन हुने छ ।

कमेन्ट गर्नुहोस्