लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दुर्गा प्रसाईं पक्राउ नपरेको भन्दै प्रहरीले निकाल्यो प्रेस बिज्ञप्ति

IMG

तिलोत्तमा।दुर्गा प्रसाईं पक्राउ परेको संचार आइरहे पनि प्रहरीले भने प्रसाईं पक्राउ नपरेको भन्दै प्रेस बिज्ञप्ति निकालेको छ।  तीनकुने हिंसाका मुख्य कमान्डर आन्दोलनकै दिनमा गायव भएपछी दुर्गा प्रसाई भारतमा पक्राउ परेको भनेर मिडियाभरी छाएको थियो।


भारतको आसाम राज्यमा उनी पक्राउ भएको भन्ने हल्ला प्रहरी स्रोतका अनुसार, गलत भएको दावी गरेको छ। प्रसाई भारततिर भागेको सूचना पाएपछि प्रहरीले विभिन्न माध्यमबाट ‘लोकेसन’ पहिल्याएको र उनी फरार भएपछि पनि दुईवटा  भिडियो सामाजिक सञ्जालमा अपलोड गरेपछि त्यसैको आधारमा प्रहरीले पकराउ गरेको भन्दै सामाजिक संजाल र सो राजाबादी संगठनले समेत आत्मसमर्पण गरेको भन्दै भनाईहरु आएका थिए। 


राजाबादी आन्दोलनको नाइके  बनेका उनि फरार भए संगै आन्दोलनले पुरा रुप देखाउन पाएन।  तथापि नेपालमै छु भन्दै फेसबुक लाइभमा समेत आएका उनि हालसम्म पनि पक्राउ नपर्नु र तिनीहरु संगै भएका अन्य अभियानका नाइकेहरु पक्राउ पर्नु तर प्रसाईं पक्राउ नपर्नु नेपाल प्रहरीको समेत लज्जास्पद देखिएको विश्लेषकहरु बताउछन। 

कमेन्ट गर्नुहोस्