लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनीको अन्तरक्रिया सम्पन्न

IMG

बुटवल । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआइवाइइएफ)लुम्बिनी च्याप्टरले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न लिनुपर्ने नीतिगत विषयमा छलफल तथा अन्तरक्रिया गरेको छ ।बुटवलमा आयोजित पूर्ब बजेट छलफलमा युवा उद्यमीहरूले युवाहरूलाई देशमै बस्न उद्योग गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । सरकारले स्वदेशी उद्योगहरूलाई प्रबर्द्धन र प्रोत्साहन गर्न नीति बजेटले लिनुपर्ने बताए ।


त्यसका लागि कच्चा पदार्थ र तयारी बस्तुको भन्सार दर फरक गरिनुपर्ने, मझौला कर कार्यालयहरू विकेन्द्रीकरण गरिनुपर्ने, कर तिरेको आधारमा सामाजिक सुरक्षा भए करको दायरामा सहभागिता बढ्ने, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई उद्योगहरूसँग जोड्न उनीहरूले आग्रह गरेका छन् । युवा उद्यमीहरूले उधारोका आफुहरू निकै समस्या परेको बताए । उधारोकै कारण उद्योग बन्द गर्नुपर्ने स्थिति सिर्जना भएको समेत उनीहरूले बताए ।


नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनी च्याप्टरका अध्यक्ष राजन कसजुले उद्यमशिलता प्रबर्द्धन गर्न सरकारले बनाएको स्टार्टअप कोष युवामा मात्रै केन्द्रित हुनुपर्ने बताए ।नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलमले युवा उद्यमीहरूले दिएको सुझाव उपप्रधानमन्त्री एवं अर्थमन्त्रीलाई बुझाईने बताए ।


कमेन्ट गर्नुहोस्