लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सरकारले खारेज गर्‍याे नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका

IMG

तिलोत्तमा।सरकारले नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०७८ खारेज गरेकाे छ । हिजाे बसेकाे मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयाेजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यसबारेमा जानकारी दिनुभएकाे हाे ।


यस्तै मन्त्रिपरिषद् बैठकले यही चैत २८ र २९ गते काठमाण्डाैमा हुने नेपाल–भारत भन्सार महानिर्देशकस्तरीय वार्ताका लागि भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत कार्यरत सहसचिव राजेन्द्रप्रसाद शर्माको राजीनामा स्वीकृत गरेको प्रवक्ता गुरुङले जानकारी दिनुभयो । वैकल्पिक वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने निर्णयसमेत मन्त्रिपरिषद् बैठकले गरेको छ ।यस्ता छन् हिजाे बसेकाे मन्त्रिपरिषद् बैठककाे निर्णय–


कमेन्ट गर्नुहोस्