
तिलोत्तमा।रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलियामा सोमबार साँझ पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको ज्यान गएको छ। दुर्घटनामा अन्य २२ जना घाइते भएका छन्।शिवगढिया मोडमा तीव्र गतिमा गुडिरहेको लु १ च २७६३ नम्बरको पिकअप भ्यान मोड काट्ने क्रममा अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।
दुर्घटनामा गैंडहवा गाउँपालिका–१ शिवपुरवाकी १२ वर्षीया अस्मिता यादव र शुद्धोधन गाउँपालिका–६ मानमटेरियाकी ४८ वर्षीया जानमती यादवको घटनास्थलमै मृत्यु भएको हो।भ्यानमा सवार २४ जना यात्रु मुण्डन संस्कार सकेर लुम्बिनीको मायादेवी मन्दिरबाट घर फर्कँदै थिए। घाइतेमध्ये तीन जनाको लुम्बिनीस्थित लाइफ केअर अस्पतालमा र अन्य १९ जनाको भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज, रानीगाउँमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ।दुर्घटनापछि सवारी चालक कपिलवस्तुको शुद्धोधन–४ बिठुवा बस्ने २६ वर्षीय अशोक पासीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कमेन्ट गर्नुहोस्