
तिलोत्तमा। वनबाटिकाको चौथो अधिबेशनमा भएको निर्वाचनबाट नयाँ कार्यसमितिको आगमन भएको छ। शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र वनबाटिकाको निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेस बिचको गठबन्धनले नराम्रो धक्का ब्यहोरेको छ।सुक्रवार सम्पन्न निर्वाचनमा कांग्रेस एमालेको तर्फबाट उम्मेदवार बनेका किरण खरेललाई हराउदै बिप्लव नेतृत्वको नेकपाका कार्यकर्ता खिमलाल पाण्डे बिजयी भए भने। सचिव पदमा समेत गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी हरिकला पाण्डे (कमला) ले नराम्रो हार ब्यहोर्नु पर्यो। सचिव पदमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसकै कार्यकर्ता बिदुर केसी निर्वाचित भए।
कुल ७७५ मतदाता मध्ये ६६१ मत खसेकोमा पाण्डेयले ३६९ मत प्राप्त गर्दै विजयी बने भने खरेलले २३४ मत ल्याए। यसैगरी अध्यक्षकै अर्का प्रत्यासी टिकादेवी आलेले ३९ मत प्राप्त गरे ।त्यस्तै उपाध्यक्षमा भने गठबन्धनकै उम्मेदवार मीनप्रसाद देवकोटा ३७८ मत ल्याएर विजयी भए भने प्रतिद्वन्दी लेखबहादुर खड्काले १३२ र चन्दा थापाले १०९ मत ल्याइन्।सचिवमा विदुर केसी ३७९ मत सहित विजयी हुँदा गठबन्धनकी उम्मेदवार हरिकला अधिकारी (कमला) ले १८८ र हिरामति थापाले ५७ मत प्राप्त गरिन्। कोषाध्यक्षमा गठबन्धनबाटै मनिराम भट्टराई ३८५ मत ल्याएर विजयी हुँदा सौरभ भुषालले १७५ र उदयसिह थापाले ६३ मत ल्याए।
२ जना लेखासमिति सदस्यका लागि ६ जना उम्मेदवार रहेकोमा सन्दिप भट्टराईले ३१३ र विष्णु प्रसाद सुवेदी २११ मत ल्याएर विजयी भए।त्यस्तै सदस्यहरुमा विन्दु टकाल ३१२, शकर भण्डारी २९७, पार्वती क्षेत्री २८३, सरस्वति बराल २३९, राममाया अर्याल पौडेल २२३, ज्योतिमाया थापा २१३ र लक्ष्मण मल्ल ११२ मत ल्याएर विजयी भएका छन्।
कमेन्ट गर्नुहोस्