लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शंकरनगर वनबाटिकामा शुक्रबार चुनाव हुँदै, आ-आफ्नै अडानमा तिन अध्यक्षका उम्मेदवार

IMG

तिलोत्तमा।यस क्षेत्रको पर्यटकीय नगरी तिलोत्तमाको प्रख्यात पर्यटकीय स्थल शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र वनबाटिकामा नयाँ नेतृत्वको लागि शुक्रबार चुनाव शुरु हुने भएको छ । संस्थाको चौथो अधिवेशनबाट नयाँ नेतृत्वको लागि ठूला दुई दल नेपाली काँग्रेस पार्टी र नेकपा एमाले निकटबाट किरण खरेलको एउटा प्यानल एकातिर छ भने जनमुक्ती पार्टीले टिकादेवी आलेको नेतृत्त्वमा अर्को प्यानल खडा गरेको छ , त्यसो त स्वतन्त्रबाट भन्दै अध्यक्ष पदमा खिमलाल पाण्डेले एक्लै दाबेदारी प्रस्तुत गरेका छन्।


गठबन्धनबाट नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवार किरण खरेलसहित कोषाध्यक्ष र लेखा समितिमा दुई सदस्य तथा नेपाली काँग्रेस समर्थकलाई उपाध्यक्ष, सचिव, चार सदस्य र लेखा समिति संयोजकमा भागवण्डा गरिएको छ । आर्थिक पारदर्शिताका लागि सफ्टवेयर प्रणाली, अनलाईन सिस्टमलाई ब्यवस्थित गर्ने जस्ता प्रविधिको जमाना अनुसार लाग्न आफु उम्मेदवार भएको खरेलको दाबी छ । आफु निर्वाचित भए अबको चार वर्षमा पूरा गर्ने कामहरु सहित २४ बुदे घोषणापत्र जारी गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।


यता १९ वर्षदेखि निरन्तर वनबाटिकामा विभिन्न पदीय भुमिकामा रहेका खिमलाल पाण्डेय आफू हाल उपाध्यक्ष रहेकाले पनि स्वतः अध्यक्ष पदको उम्मेदवार भएको बताए । २०६२ सालमा तत्कालीन समयमा यो सामुदायिक वन क्षेत्रलाई पार्कको स्वरुप दिने गरी पर्यापर्यटकीय क्षेत्रका रुपमा स्वर्गीय बाबुराम अर्यालको अगुवाईमा अघि बढेको बाँकी काम पुरा गर्न आफु नेतृत्वमा आउन लागेको उनको दाबी छ । जनमुक्ति निकटबाट टिका आलेको पनि अध्यक्ष पदमा उम्मेदवारी छ । अध्यक्ष पदबाहेक अरु पदमा जस्तै सचिवमा बिदुर केसीले स्वतन्त्र रुपमा आफ्नो उम्मेद्वारी दिएका छन्  र अन्य साना दलहरु निकटले पनि अन्यपदमा उम्मेदवारी दिएका छन ।


केन्द्रको कुल पद १४ जना पदहरु छन् । वार्षिक साढे ४ देखि ५ लाख पर्यटक भित्रिने वाटिकालाई अझ ब्यवस्थित गर्न धेरै कामहरु बाकी छन् । निर्माण सम्पन्न भएको भ्यु टावरको संचालनमा केहि कदम चाल्नुपर्ने छ भने, बोटानिकल गार्डेन, घाइते र साना वन्यजन्तुहरुलाई राखिएको उद्धार  केन्द्रलाई प्रदेश स्तरको चिडियाघरमा स्तरोन्नती र नाममा मात्रै सिमित अनुसन्धान केन्द्रलाई रिसर्चको लागि उपयोग गर्नुपर्ने जस्ता धेरै मुद्धाहरु उम्मेदवारको प्रतिवद्धतामा छन् । ३२ जना कर्मचारी रहेको वनबाटिकामा १० लाख रुपैया मासिक संचालन खर्च हुने गरेको छ, भने औसत आम्दानी मासिक २० लाख ( सिजनमा हुने कमाईले अन्य बेसिजनलाई औसतमा देखिएको) हुने गरेको छ। वन्यजन्तु रेस्क्यु सेन्टरमा मात्र वार्षिक १७ लाख रुपैयाँ खर्च हुँदै आएको छ ।

कमेन्ट गर्नुहोस्