
तिलोत्तमा।हुलास स्टिल इन्डस्ट्रिज लिमिटेडले रुपन्देहीको तिलोत्तमा मंगलापुरमा आजदेखि उत्पादन गर्ने गरी कम्पनी सञ्चालनमा ल्याएको छ । सो शोरुमको एक समारोहबीच तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले उद्घाटन गर्नुभयो।
उक्त कम्पनीमा ग्राहकले चाहेजस्ता साइज र लम्बाईमा हुलास जस्ता पाता उत्पादन गरि होमडेलिभरी सहित बिक्री वितरण गरिने शाखाका प्रबन्धक नारायण भट्टराईले जानकारी दिनुभयो । सो अवसरमा बोल्दै नगरप्रमुख खाणले स्थानिय स्तरमा तिलोत्तमालाई रोजेर देशकै प्रतिष्ठित कम्पनीले आफ्नो उत्पादन गर्ने गरि शाखा खोल्नु हाम्रो लागि पनि निकै योगदान रहेकोले कम्पनीको शाखा बच्ने गरि उत्पादन बढाई ग्राहकको सेवामा लाग्न प्रेरित गर्नुभयो।
जनसाधारणको मागलाई उच्च प्राथमिकता दिँदै उत्पादन र बजारीकरणको नारालाई सार्थक तुल्याउने उद्देश्यका साथ ग्राहकको आँगनमै जस्तापाताको उत्पादन ल्याएको उहाँले बताउनुभयो । कम्पनीले अर्डर अनुसारका घर, ट्रस्ट, कभर्डहल, प्रतिक्षालय लगायतका निर्माणसंग सम्बन्धित जस्ताहरु चाहेअनुसारका साइजमा उत्पादन गर्ने बताइएको छ।
तिलोत्तमामा शाखा बिस्तार गर्नुको उदेश्य यहाँका स्थानिय ब्यापार तथा ग्राहको सेवासंगै तराइ मधेशको ट्रान्जिट पोइन्ट भएकोले र स्थानिय स्तरमा रोजगारको प्रबर्द्धन गर्ने गरि हुलासको कम्पनिको उत्पादन पोइन्टशाखा संचालनमा ल्याइएको कन्ट्री सुनिल मनोत जैनको भनाई छ।
कमेन्ट गर्नुहोस्