
तिलोत्तमा।नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्य दुवैको रिट आज पनि हेर्दाहेर्दैमा रहेको छ ।सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा आज दुवै जनाकाे रिटमाथि सुनुवाइ भएकोमा सुनुवाइ नसकिएपछि दुवै रिट हेर्दाहेर्दैमा राखिएको हो । हिजो पनि सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।
घिसिङले मन्त्रिपरिषद्ले आफूलाई बर्खास्त गरी शाक्यलाई नियुक्त गर्ने निर्णयलाई बदर गर्न अन्तरिम आदेशको माग गर्नुभएको छ । शाक्यले भने यसअघि आफूलाई गैरकानूनी रूपमा हटाइएको भन्दै चार वर्षको पारिश्रमिक माग गर्नुभएको छ ।चैत ११ गते सरकारले कुलमान घिसिङलाई बर्खास्त गरी शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।
कमेन्ट गर्नुहोस्