लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मेरो उम्मेद्वारी समग्र बनबाटिकाको पहिचान र बिकासका लागि हो : अध्यक्षको उम्मेदवार टिकादेवी आले

IMG

तिलोत्तमा।बनबटिकाको चुनावी मैदानमा अध्यक्षको लडाईमा खिमलाल पाण्डेसंगै महिला नेतृत्व टिका आले र इन्जिनियर किरण खरेल आमनेसामने छन्।  सबैको आ आफ्नो एजेन्डा रहका छन् भने आफ्नो जितका लागि अहिले सदस्यप्रतिनिधि संग भोट माग्न ब्यस्त छन् । तिलोत्तमा नगरपालिका-१ ड्राइभरटोल घर भै लामो समयदेखि सामाजिक सेवामा अग्रसर भएकी व्यवसायिक तथा महिला नेतृत्व टिकादेवी आले ले अहिले चुनावी माहोललाई तिव्र बनाएकी छिन्। 


विभिन्न संघ संस्थामा जिम्मेवारी निभाउदै आएकी आलेको बनाबाटिकालाई देश बिदेशमा चिनाउन र यस क्षेत्र भित्र रहेका सबै जसो स्थानलाई आम पर्यटकको मनमा बस्न सफल बनाउन आफ्नो उम्मेद्वारी रहेको जानकारी दिएकी छिन। राजनीतिक रुपमा सफल महिला नेतृत्वको रुपमा चिनिएकी उनले राष्ट्रिय जनमुक्ति पार्टीको महिला संगठन राष्ट्रिय महिला मोर्चा जिल्ला समिति अध्यक्षको जिम्मेबारी सम्हालेकी छिन टीकालाई सबै आम बनाबाटिका सदस्यले चुनावमा भोट गरी सुशासन र समृद्धशाली पार्क बनाउने अभियानमा जुट्न उनले आग्रह समेत गरेकी छिन। आफ्नो श्रीमान् भूपू भारतीय आर्मीमा रहंदा समेत सामाजिक कार्यमा समाजसेवीको रुपमा कार्य गर्दै आएकी टीकालाई अहिले जनमुक्तिको सहयोगमा बनाबाटिकाको नेतृत्वका लागि प्यानल बनाइएको छ।  


जसको उपाध्यक्षमा चन्दा थापा, सचिवमा हिरामती थापा, कोशाध्यक्षमा उडल सिंह थापा, र सदस्यहरुमा दल बहादुर दर्लामी,विष्णुबहादुर थापा , उमादेवी आले, फुलमाया नेपाली , नोटमाया आले,याम बहादुर थापा र सिता श्रीस रहेका छन्। चुनावी माहोल तिब्र बनाएका सो प्यानलले जितमा समग्र बनाबिहारको मुहार फेर्न र यहाँका बन्यजन्तु तथा रुखबिरुवा को संरक्षण, बालउद्यान, पिकनिक सेड, पहिचान दिलाउने बस्तु तथा सेवाको बारेमा आफुहरुले नयाँ योजना बुनेको अध्यक्ष टिका देवी आलेको भनाई छ। 

कमेन्ट गर्नुहोस्