लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आगलागीका कारण बन्द बेलायतको हिथ्रो विमानस्थलमा उडान अवतरण शुरू

IMG

तिलोत्तमा। युरोपको सबैभन्दा व्यस्त बेलायतको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण शुरू भएको छ । विमानस्थल नजिकैको एक विद्युत सबस्टेशनमा आगलागी भएसँगै हिजो उडान अवतरण बन्द भएको थियो ।विमानस्थल पूर्ण रुपमा सञ्चालनमा ल्याउने प्रयास भइरहेको विमानस्थल कार्यालयका अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।


झण्डै २४ घण्टा विमानस्थल बन्द हुँदा यात्रुमा परेको मर्कामा विमानस्थलका मुख्य कार्यकारी थोमस वोल्डबायले माफी माग्नुभएको छ ।विमानस्थलमा आवश्यक बिजुलीको पूर्ण रुपमा आपूर्तिका लागि केही समय लाग्ने भएको छ । १५ वर्षमा पहिलोपल्ट हिजो हिथ्रो विमानस्थल पूर्ण रूपमा बन्द भएको हो ।यसअघि सन् २०१० मा ज्वालामुखी विस्फोटका कारण विमानस्थल बन्द गरिएको थियो । हिलिङडन शहरको हेसको सबस्टेशनमा आगो लागेका कारण बिजुलीको आपूर्ति रोकिएको थियो ।

कमेन्ट गर्नुहोस्