लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आईपीएल क्रिकेट आजदेखि : उद्घाटन खेलमा कोलकाता र रोयल च्यालेन्जर्स बेङ्गलुरु खेल्दै

IMG

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औं संस्करण आजदेखि शुरू हुँदैछ ।कोलकाताको इडन गार्डेन मैदानमा आज हुने उद्घाटन खेलमा पूर्व विजेता कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले खेल्दैछन् ।यो खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजेदेखि शुरू हुनेछ । आईपीएल क्रिकेटमा १० टोली सहभागी छन् ।


यसपटकको आईपीएल क्रिकेटमा बल चम्काउन थुक लगाउन नपाउने प्रतिबन्ध हटेको छ ।कोरोना महामारीपछि अन्तर्राष्ट्रिय क्रिकेट र आईपीएलमा बल चम्काउन थुकको प्रयोगमा प्रतिबन्ध लगाइएको थियो । १८औं संस्करणको आईपीएल क्रिकेट मे २५ तारिखसम्म चल्नेछ । 

कमेन्ट गर्नुहोस्