लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नैकाप चोकमा खुल्यो चन्द्रागिरी वास एण्ड वेयर्स

IMG

काठमाण्डौ, २०८१ चैत ८ गते। काठमाण्डौ, चन्द्रागिरी नगरपालिका -१४ नैकाप चोकमा चन्द्रागिरी वास एण्ड वेयर्स खुलेको छ । स्वदेशमै केहि गर्ने उदेश्यले  यहि चैत्र २ उद्घाटन भएको उक्त कम्पनि ज्याक भण्डारी र रञ्जन श्रेष्ठको संयुक्त लगानिमा बनेको हो। कम्पनिले लन्ड्रि तथा ड्राइक्लिनिङ सुविधा प्रदान गर्दछ। ब्ल्याङकेट, ज्यकेट, कोट पाइन्ट, सट पाइन्ट लगायतका सम्पुर्ण लत्ता कपडाहरुको डन्ड्रि तथा ड्राइक्लिनिङ कम्पनिले प्रदान गर्दै आइरहेको छ।  टावेल, मोजा, अन्डरगार्मेन्ट लगायतका कपडाहरु आउटलेटमा रहेको साथै अत्याधुनिक मेसिनको प्रयोगबाट कपडाहरुको धुलाइ गरिने गरेको कम्पनिका सञ्चालक ज्याक भण्डारीले बताउनुभयो।  उहाँ भन्नुहुन्छ " हप्ताको एक दिन पर्ने विदा शनिबारमा मानिसहरुको दिन कपडा धुँदै वित्ने गर्दछ त्यसको साटो उनिहरु कपडा लन्ड्रिमा छाडेर परिवारसँग घुम्न रमाइलो गर्न जान सक्छन अन्य काम गर्न सक्छन।" कम्पनिका अर्का लगानिकर्ता रञ्जन श्रेष्ठ भन्नुहुन्छ "कपडा स्वस्थ हुनु नै जिवनस्तर राम्रो हुनु हो त्यसैले हामिले यो व्यावसाय अङगालेका हौँ।" 


कम्पनिले एक जनालाइ रोजगारी दिइरहेको छ , भावि समयमा व्यावसाय फस्टाउँदै जाँदा यो अङक बढदै जाने लगानिकर्ता श्रेष्ठले बताउनुभयो। कम्पनिले ठुलो परिमाणमा होटल, स्कुल , हस्पिटल लगायतका ठाँउबाट कपडाहरुको लन्ड्रि सम्झौता गर्ने योजना रहेको साथै घर तथा कम्पनिहरुबाटै पिकअप तथा डेलिभरीको सुविधा भएको जनाएको छ।  





कमेन्ट गर्नुहोस्