
काठमाण्डाै – संयुक्त राष्ट्रसङ्घीय कार्यदलले भूटानले राजनीतिक बन्दीहरूलाई स्वेच्छाचारी नजरबन्दमा राखेकाे र मानव अधिकार उल्लङ्घन गरेकाे भन्दै निन्दा गरेकाे छ ।भूटानमा राजनीतिक बन्दीको रिहाइका लागि सञ्चालित विश्वव्यापी अभियान (जीसीआरपीपीब) ले प्रेस विज्ञप्ति निकालेर भूटानले राजनीतिक बन्दीहरूलाई राजनीतिक कारण देखाई नजरबन्दमा राखेर दमन गरिरहेकाे भन्दै निन्दा गरेको हाे ।
प्रतिवेदनले तीन नेपालीभाषी भूटानी नागरिक बिर्खबहादुर क्षेत्री, कुमार गौतम र सुनमान गुरुङलाई प्रतिनिधि पात्रका रूपमा प्रस्तुत गर्दै उनीहरूलाई सन् २००८ देखि अमानवीय रूपमा जेलमा राखिएको उल्लेख गरेकाे छ । प्रतिवेदनअनुसार यी तीनसहित कम्तीमा ३२ जना राजनीतिक बन्दीहरू अन्यायपूर्ण रूपमा जेलमा रहेका उल्लेख छ।भूटान सरकारले न्यायिक प्रक्रियाविना नै पक्राउ गरेकाे, असहमति जनाउने व्यक्तिहरूलाई दमन गरिरहेको तथा विशेष रूपमा नेपालीभाषी भूटानी समुदाय राजनीतिक प्रतिशोधको निशानामा परिरहेका प्रतिवेदनकाे ठहर छ ।भूटानमा राजनीतिक बन्दीको रिहाइका लागि सञ्चालित विश्वव्यापी अभियानले संयुक्त राष्ट्रसङ्घको याे प्रतिवेदनलाई स्वागत गर्दै भूटान सरकारलाई तुरुन्त सबै राजनीतिक बन्दीहरूलाई रिहा गर्न, कानूनी सुधार गर्न र स्वतन्त्र अनुसन्धानको अनुमति दिन पनि माग गरेको छ ।
कमेन्ट गर्नुहोस्