लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नमस्ते नेपालले घेर्‍यो यातायात कार्यालय, काममा भएको बिचौलिया प्रबृत्ति र ढिलासुस्तीको बिरोध

IMG

तिलोत्तमा। नेपालभर युवाहरुको छाता संगठन निर्माण गर्दै आएको नमस्ते नेपालले बिचौलियाको खेल बन्दसहितको माग राखेर यातायात व्यवस्था कार्यालय ( सवारी अनुमती पत्र ) बुटवलमा धर्ना दिएको छ। सवारी चालक अनुमति पत्र वितरणमा लापरबाही, ढिलासुस्ती र बिचौलियाको खेल बन्द गर्नुपर्ने माग गर्दै नमस्ते नेपालले सोमबार कार्यालय घेराउ गरेको नमस्ते नेपालका संस्थापक अध्यक्ष तथा संरक्षक अर्जुन खरेलले बताउनुभएको छ।


कार्यालयमा रहेका बिचौलियाले सेवाग्राहीलाई दुःख दिएको, लाइसेन्स वितरणमा ढिलासुस्ती भएको, ट्रायल, नविकरण, लाइसेन्स बनाउने बिषयमा समेत पैसाको चलखेल भएको, टोकन प्रणाली लागु गरि लाइनमा दिनभर बस्नुपर्ने बाध्यता हटाउनु पर्ने,कार्यालयको वरिपरी भएका फोहोर सफाई गर्नुपर्ने जस्ता लापरबाहीको अन्त्यको माग राखेर नमस्ते नेपालले कार्यालयमा ज्ञापन पत्रसहित ध्यानाकर्षण गरेको हो । साथै कार्यालय प्रमुखलाई केहि दिनमै त्यसखालको कारबाही गर्नु पर्ने मागसहितको ज्ञापन पत्र पनि नमस्ते नेपालले बुझाएको छ । 


कार्यालयका सूचना अधिकृत खगराज उपाध्यायलाई राखी नमस्ते नेपालका करी १६ जना सहभागी कार्यालयमै गएर ज्ञापन पत्र बुझाएका हुन्।  कार्यालय प्रमुखले फोन नउठाउने, खासै रेस्पोन्स नगरेको हुँदा त्यो कार्यालयमै पटक पटक जानुपरेको प्रति दुख व्यक्त गर्दै सहभागी युवाहरुले आगामी दिनमा त्यस्तो व्यवहार नगर्न सुझाव दिए। जनताको कार्यालय भएकोले मनोमानी ढंगले जनताले दुख पाउने गरी काम गरेको पाइएमा आगामी दिनमा खरो उत्रने समेत नमस्ते नेपालका अर्जुन खरेलले बताएका छन्। सो यातायात कार्यालय संगै सवारी बिलबुक, मालपोत, नापी कार्यालयका समेत गुनासो आउने गरेको नमस्ते नेपालले जनाएको छ।यी र यस्ता कार्यहरु सच्याएर अगाडी नबढे आगामी दिनमा ठुलो संख्यामा युवाहरु उतारेर कार्यालयको निगरानी गर्ने समेत संस्थाले जनाएको छ। 



कमेन्ट गर्नुहोस्