लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नोबल इन्भायरोमेन्ट एकेडेमीका विद्यार्थी खेलाडीलाई बेल्ट वितरण

IMG

तिलोत्तमा।रुपन्देहीको तिलोत्तमा–१५ कोटिहवामा रहेको नोबल इन्भायरोमेन्ट एकेडेमीमा अध्ययनरत १०० बढी करांतेका विद्यार्थी खेलाडीलाई बेल्ट वितरण गरिएको छ । बिद्यालय हाताभित्र सोमबार आयोजित कार्यक्रममा जापान गोजुरियो करांते डो मिसन सँघ नेपालका संस्थापक अध्यक्ष तथा अन्तराष्ट्रिय प्रशिक्षक केवी रानाले बेल्ट ग्रेडिंगमा आबद्ध १०० बढी विद्यार्थी खेलाडीलाई बेल्ट वितरण गरे ।


सो  अवसरमा प्रमुख अतिथि राना सहित बिद्यालयका अध्यक्ष पूर्ण बहादुर गुरुङ, प्रबन्धक सुन्दर गुरुङ, प्रिन्सिपल खिनु गुरुङ, कार्यक्रम संयोजक तथा शिक्षक अरुण चौधरी लगायतले बेल्ट प्रदान गर्दै विद्यार्थीहरुलाई हौसला प्रदान गरेका थिए । कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अतिथि रानाले खेलकुदले मानिसलाई स्वस्थ, ब्यस्त र मस्त राख्न मद्दत पुर्याउने बताउदै कराँते मार्फत नोबल इन्भायरोमेन्टका विद्यार्थीले देश बिदेशमा समेत आफु र आफ्नो विद्यालयको नाम चम्काउने सक्ने क्षमता रहेको बताए । उनले यसका लागि ग्रासरुट लेभलबाटै विद्यार्थीलाई प्रशिक्षित गराई नयाँ र नौलो ढंगले अघि बढ्नुपर्ने बताए ।


सो अवसरमा बोल्दै प्रबन्धक सुन्दर गुरुङले बालबालिकाहरुलाई अतिरिक्त क्रियाकलाप मार्फत प्रतिभा प्रस्फुटनमा यसखाले कार्यक्रम फलदायी सावित हुने बताए । उनले विद्यार्थीलाई अनुशासित बन्न र बनाउन पनि खेलकुदले विशेष महत्वपुर्ण भुमिका खेल्ने प्रष्टयाए । २०६८ सालमा स्थापना भई सन्चालनमा आएको नोबल इन्भायरोमेन्ट एकेडेमीमा हाल ५१२ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन । बेल्ट वितरण कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्