
तिलोत्तमा। विश्व प्रसिद्ध कम्पनी टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले बुटवलमा तीन नयाँ गाडीहरु लन्च गरेको छ । आइतबार बुटवलस्थित कालिकानगरमा रहेको सफल अटोमोवाइलमा कर्भ इभि, नेक्सन के ३ र टियागो लन्च गरिएको हो ।
लन्च कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिंगको प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीले बुटवलमा टाटाका नयाँ गाडीहरु लन्च गर्न पाउँदा अत्यन्त उत्साहित भएको बताए । अब ग्राहकहरुले टाटाको इभिहरु २७ लाख देखि ५६ लाखसम्ममा रोज्न पाउनु हुने बताउँदै उनले इन्ट्री लेभल गाडी खोजिरहनु भएका ग्राहकले टियागो इभि रोज्न सक्ने धारणा राखेका थिए ।
अनुकुल बजेटमा एसयुभीको आनन्द खोज्ने ग्राहकले पन्च इभि रोज्न सक्ने तर अलि धेरै र टाढा यात्रा गर्ने ग्राहकले नेक्सन के ३ इभि रोज्न सक्ने उनको भनाई थियो । प्रिमियम एसयूभीमा लामो दुरी भारतको पटना, दरभंगा यात्रा गरेर फिर्ता आउन चाहने ग्राहकहरुका लागि आज लन्च भएको कर्भ इभि टप भेरिएन्ट उपयूक्त हुने साथै नेपाल र भारतमा टाटा कम्पनिले राखेको चार्जिङ्ग सुविधाहरुको फाइदा उठाउन सक्ने उनले जानकारी गराए ।
कार्यक्रममा बोल्दै सफल अटोमोवाइलसका संचालक दिनेश शर्माले बुटवल र यस आसपासमा टाटा इभिको बढी रेञ्ज भएको गाडीको अभाव देखिएको समयमा कर्भ इभि र नेक्सन के ३ इभिले त्यो आवश्यकता पूर्ती गरेको प्रतिक्रिया दिएका थिए।कार्यक्रममा टाटा मोटर्सका लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथान र बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष मुक्ति प्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । टाटाका नयाँ गाडीहरुको रिजनल लन्च अब बुटवाल पछि नेपालगंजमा हुन लागेको सिपर्दिका मार्केटिंग म्यानेजर सन्दिप पोखरेलले बताएका छन्।लन्च भए संगै बुटवल र आसपासका ग्राहकहरुले सफल अटो शोरुममा गएर नयाँ गाडीहरू टेस्ट ड्राईभ समेत गर्न सक्नेछन्।२ दिन भित्र बुकिङ्ग गरे १ बर्ष सम्म नेपाल भर रहेका चार्जिंग स्टेसनमा चार्जिंग समेत फ्री हुने सो कार्यक्रममा बताइएको थियो।
कमेन्ट गर्नुहोस्