लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सुवेदी कल्याण प्रतिष्ठान नेपाल (सुकल्प) तिलोत्तमास्तरीय कार्यक्रम

IMG

तिलोत्तमा ।सुवेदी कल्याण प्रतिष्ठान नेपाल (सुकल्प) तिलोत्तमा नगर समितिको अन्तरक्रिया तथा भेटघाट कार्यक्रम बिहिबार सम्पन्न भएको छ । कार्यक्रम सँयोजक ऋषिराम सुवेदीको अध्यक्षता रहेको कार्यक्रममा बोल्ने वक्ताहरुले छरिएर रहेका सुवेदीहरुलाई एकत्रित तथा सँगठित गर्ने उद्धेश्य सहित आयोजित कार्यक्रम आफैमा सहनिय रहेको बताएका छन ।


तिलोत्तमा ६ कुन्जपार्कमा ओयोजित कार्यक्रममा बोल्दै बुटवल बहुमुखि क्याम्पसका प्रोफेसर तथा समाजका सल्लाहकार शशिशरण सुवेदीले विभिन्न ठाउँबाट तिलोत्तमामा बसाई सरी आएका सुवेदीजनहरुलाई एकताको सुत्रमा बाध्न र सामाजिक कार्यमा क्रियाशील बनाउन कार्यक्रम फलदायी सावित भएकोे बताउनुभयो । प्रतिष्ठानका सल्लाहकार एवँ सामाजिक ब्यक्तित्व यमदत्त सुवेदीले सिँगो भारद्धाज गोत्रिय सुवेदीहरु बीच एकतावद्ध बनाउने उदेश्यले सुवेदी कल्याण प्रतिष्ठान नेपालको स्थापना भएको बताउनुभयो ।


मदानी होटलका सन्चालक तथा युवा ब्यवसायी आयुष सुवेदी तथा अन्तराष्ट्रिय कराते विधामा २ पटकसम्म स्वर्ण पदक विजेता खेलाडी आदित्य सुवेदीलाई सम्मान गरिएको कार्यक्रममा होली मिलन लगायतका कार्यक्रम आयोजना गरिएको सल्लाहकार समितिको सँयोजक राजेन्द्र सुवेदीले जानकारी दिनुभयो । कार्यक्रम सुकल्पका तिलोत्तमा नगर अध्यक्ष केशव प्रसाद सुवेदीको स्वागत र सुकल्प तिलोत्तमा नगर कमिटी सचिव गणेश प्रसाद सुवेदीको सञ्चालनमा भएको थियो ।


कमेन्ट गर्नुहोस्