
तिलोत्तमा।न्यु राईज युथ क्लब, तिलोत्तमा–१३ बभनीको आयोजनामा मंगलबारदेखि शुरु स्व. भिम बहादुर खड्का स्मृति पाँचौं न्यु राईज कपमा नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलले राधाकृष्ण एफसी, दल्कालाई शुन्यमा हराउदै २ गोलले पछाडी पारेको छ ।बिहिबार सम्पन्न खेलमा नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलद्वारा राधाकृष्ण एफसी, दल्कालाई २–० ले पराजित गरेको हो। निकै रोमान्चक बनेको सो खेलमा पराजित टिम राधाकृष्ण एफसीका उत्कृष्ट प्रदर्शन गरेका खेलाडी बिकास थापा म्यान अफ दि म्याच घोषित भए । आगामी खेल होलिपर्वका कारण खेल स्थगित भै चैत्र २ गते मात्र टिकुलिगढ युवा क्लब भर्सेस बिग बुद्ध एफ सी बीच हुने आयोजकले बताएको छ।
यही फागुन २७ गतेबाट चैत्र ९ गतेसम्म चल्ने प्रतियोगितामा आयोजक सहित यसक्षेत्रका कुल १२ टोली बीच खेल हुने क्लवले जानकारी गराएको छ। प्रतियोगितामा बिजेता टिमले नगद रू ८० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन भने उपविजेताले ४५ हजार नगद सहित शिल्ड, मोडल र प्रमाणपत्र प्राप्त गर्नेछन। यसैगरि निधागततर्फ उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई पनि नगद सहित पुरस्कारको ब्यवस्था गरिएको छ।
खेल तिलोत्तमा १३ स्थित बभनी भुपु सैनिक आधारभुत विद्यालयको खेल मैदानमा भैरहेको क्लबका कृष्ण खनालले बताएका छन।कुल ८ लाख खर्च अनुमान गरिएको प्रतियोगिता स्व भिम बहादुर खड्काको स्मृतिमा उहाँका श्रीमति र छोराहरूले प्रथम पुरस्कारको आयोजना गरेको प्रतियोगितामा क्लवका संरक्षक भण्डारी ब्रदर्शको सहप्रायोजन रहेको छ ।
कमेन्ट गर्नुहोस्