लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

वसन्तपुरमा होलीको रौनक, लाग्यो केपी ओली बिरुद्धको नारा

IMG

काठमाडौं। काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा आइतबार फागु पूर्णिमा (होली) पर्व रङ्ग खेलेर मनाइएको छ। काठमाडौं उपत्यकाको वसन्तपुरमा फागु पूर्णिमाको ठूलो उत्सव छ।यहाँ स्वदेशी मात्र होइन विदेशी पनि उत्तिकै रमाइरहेका छन्। सेतो टिसर्ट लगाएर आएका नेपाली र विदेशीहरुको ठूलो समूह रातो, निलो, हरियो, पहेँलोलगायत विभिन्न रङ्गमा रङ्गिएको छ।


वसन्तऋतुको आगमनसँगै नेपाल घुम्न आएका विदेशी पर्यटकले फागुपूर्णिमाका अवसरमा यहाँ मनाइँदै आएको होली पर्वलाई हर्षोल्लासका साथ मनाएका हुन्। पछिल्लो समय नेपालमा मनाइने होली पर्व विदेशीलेसमेत मनाउने गराउने गरेका छन्। बसन्तपुरमा भएको होलीको रौनक बीच युवाहरुले प्रधानमन्त्री केपी ओली बिरुद्धको नारा समेत लगाएका छन्। 

कमेन्ट गर्नुहोस्