लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

साढे २९ किलो चरेससहित रुकुम पूर्वको एकै ठाउँका ३ जना पक्राउ

IMG

दाङ – दाङको घोराहीबाट साढे २९ किलो चरेससहित रुकुम पूर्वको एकै ठाउँका तीन जना पक्राउ परेका छन् ।रुकुम पूर्वको भूमे गाँउपालिका–२ खबाङका ४४ वर्षका फर्कबहादुर घर्ती, ५३ वर्षका रुपधन घर्ती र ६४ वर्षका जुनबहादुर पुन पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


पक्राउ परेका फर्कबहादुरले बोकेको आलुको बोराभित्र १५ किलो १ सय २३ ग्राम र रुपधनको साथबाट १४ किलो ५ सय ७२ ग्राम चरेस बरामद भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहका अनुसार पैदल हिँडिरहेको अवस्थामा उनीहरू घोराही उपमहानगरपालिका–१३ बाह्रकुने दह क्षेत्रबाट पक्राउ परेका हुन् ।

कमेन्ट गर्नुहोस्