
तिलोत्तमा। नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीको १४ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । आइतबार बुटवलस्थित पुष्पलाल स्मृति भवनमा भएको अधिवेशनले कृष्ण कुमालको अध्यक्षतामा ७१ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो।संघको उपाध्यक्षमा नवराज मल्ल, सचिवमा दिपेश कंडेल, उपसचिवमा सुदर्शन खाम्चा, वसन्त गौचन र कोषाध्यषमा श्रीराम न्यौपाने निर्वाचित भएका छन् ।
अधिवेशनको उद्घाटन समारोहमा नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले युवा संघलाई थप सक्रिय र संगठित बनाएर अगाडि बढाउन आग्रह गरे । एमालेले अघि बढाएका समृद्ध मुलुक, सुखी नेपालीको नारालाई सफल बनाउनका लागि युवाहरु एक ठाउँमा उभिन आवश्यक रहेको उनले बताए । समारोहमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष क्षितिज थेवे, महासचिव सुमन पुरी लगायतले बोल्दै मुलुक परिवर्तनका हरेक आन्दोलनहरुमा राष्ट्रिय युवा संघको भूमिका अहम रहेको उल्लेख गरे । निर्वाचित अध्यक्ष कुमालले रुपन्देहीमा युवा आन्दोलनलाई थप सशक्त बनाएर अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।
कमेन्ट गर्नुहोस्