
तिलोत्तमा।न्यु राईज युथ क्लब, तिलोत्तमा–१३ बभनीको आयोजनामा मंगलबारदेखि शुरु स्व. भिम बहादुर खड्का स्मृति पाँचौं न्यु राईज कपमा न्यु टिकुलीगढ युथ क्लबले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा न्यु टिकुलीगढद्वारा एमबी ब्रदर्श एफसी टाईब्रेकरमा २–१ ले पराजित । निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलमा न्यु टिकुलीगढका गोलरक्षक दिशान्त दर्लामी म्यान अफ दि म्याच घोषित भए ।
यही फागुन २७ गतेबाट चैत्र ९ गतेसम्म चल्ने प्रतियोगितामा आयोजक सहित यसक्षेत्रका कुल १२ टोली बीच खेल हुने क्लवले जानकारी गराएको छ। प्रतियोगितामा बिजेता टिमले नगद रू ८० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन भने उपविजेताले ४५ हजार नगद सहित शिल्ड, मोडल र प्रमाणपत्र प्राप्त गर्नेछन। यसैगरि निधागततर्फ उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई पनि नगद सहित पुरस्कारको ब्यवस्था गरिएको छ। खेल तिलोत्तमा १३ स्थित बभनी भुपु सैनिक आधारभुत विद्यालयको खेल मैदानमा भैरहेको क्लबका कृष्ण खनालले बताएका छन।
कुल ८ लाख खर्च अनुमान गरिएको प्रतियोगिता उद्घाटन गर्दै तिलोत्तमा वडा न १३ का अध्यक्ष नारायण ढकालले खेलकुदको विषयलांई वडाले सधै प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । वहाँले विद्यालय तथा विभिन्न क्लवहरू मार्फत खेलाडी उत्पादनमा सहयोग पुगोस भन्ने हेतुले खेलका विभिन्न विधाहरूमा सहयोग बढाईएको जनाउनुभयो । आगामी दिनमा प्रतियोगिताको लागि अझै खुलेर बजेटको व्यवस्था गर्ने र वडाका सबै क्लबहरु संग मिलेर समन्वयात्मक हिसाबले काम गर्ने वडा अधय्क्ष ढकालले बताए।
बभनी भुपु सैनिक आधारभुत विद्यालयका प्रअ मनोज क्षेत्रीको सन्चालन रहेको कार्यक्रममा क्लवका अध्यक्ष विकाश भण्डारीले प्रतियोगिताको उदेश्य लगायतका विषयमा प्रष्ट पार्नुभएको थियो । स्व भिम बहादुर खड्काको स्मृतिमा उहाँका श्रीमति र छोराहरूले प्रथम पुरस्कारको आयोजना गरेको प्रतियोगितामा क्लवका संरक्षक भण्डारी ब्रदर्शको सहप्रायोजन रहेको छ ।
कमेन्ट गर्नुहोस्