लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनीमा ४ हजार दीप प्रज्वलन गरिने

IMG

लुम्बिनी। बुद्धजन्मस्थल लुम्बिनीमा यही शनिबार राती चार हजार दीप प्रज्वलन गरिने भएको छ ।५ सय जनाको कुलपुत्र प्रवज्या, चौथौँ त्रिपिटक वाचन चलिरहेको बेला शनिबार राती लुम्बिनी स्थित केन्द्रीय नहरको मध्य भागमा अवस्थित लुम्बिनी उद्यानमा चार हजार दीप प्रज्वलन गरिने भएको हो। धम्मकाय फाउण्डेशनले भिक्षु भिक्षुणी, लामा गुरु, आनी, उपासक उपासिका र प्रवजित भएका ५ सय जना कुलपुत्रहरुको सहभागितामा विश्व शान्तिका लागि दीप प्रज्वलन कार्यक्रम राखेको हो ।


धम्मकायका अध्यक्ष भिन्ते फ्रा थाभोर्न थाभ्राले बुद्धजन्मस्थल लुम्बिनीमा दीप प्रज्जवलन गरी विश्व शान्ति र प्राणी जगतको कल्याणको कामना गरिने बताए । उनले गतवर्ष पनि दीप प्रज्वलन गरिएको बताउँदै आगामी वर्ष यसलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने योजना रहेको सुनाए ।उनले दीप प्रज्वलनमा भिक्षु भिक्षुणी, लामा, आनी, उपासक उपासिकासहित विभिन्न देशबाट आएका पाहुनाहरुको सहभागिता रहने बताए । दीप प्रज्वलनमा सरकारका अधिकारीहरूको समेत उपस्थिति रहनेछ ।

कमेन्ट गर्नुहोस्