लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बालबिबाह गराउने ६ बर्षपछि पक्राउ,अदालतले गर्यो जेल चलान

IMG

तिलोत्तमा।जिल्ला अदालत अर्घाखाँचीको फैसला र उच्च अदालत तुल्सीपुर वुटवल इजलासको फैसलाले जवरजस्ती करणी तथा वाल विवाह सम्बन्धी मुद्दामा जनही २।२ महिना सजाय तोकी फरार प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय अर्घाखांचीको टोलिले पक्राउ गरेको छ। प्रतिबादीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला अदालत अर्घाखाँची पठाईएको र कैद भुक्तानको लागी जिल्ला कारागार अर्घाखाँची चलान गरिएको छ।


प्रहरी निरिक्षक जगन्नाथ मरासीनी सहित गएको टोलिले प्युठान झिमरुक-१ कि २९ बर्षीय बसन्ता केसी र सोहि स्थानकी २७ बर्षीय रेखा केसीलाई अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा न-१ शान्ति बगैचाबाट पक्राउ गरेको हो। विभिन्न प्रलोभनमा पारी १४ बर्षकी नाबालिका पिडित संकेत नम्बर ५२ (ह २) लाई स्थानिय लोकेन्द्र भुसालसंग गत चैत्र १६ गते सिउदोमा सिन्दुर हाल्न पठाएको र त्यसपछि बालिकालाई घर लागि  जबर्जस्ति करणी गरेको आरोपमा भुसालले ५ लाख जरिवाना सहित ८ बर्ष २ महिना कैद भुक्तान गरिरहेका छन् भने मतियार बसेको आरोपमा केसीद्वय लाई आज प्रहरीले पक्राउ गरेको हो। आरोपितहरुलाई २/२ महिना कैद सजाँय हुने प्रहरीले जनाएको छ। 

 

  

कमेन्ट गर्नुहोस्