लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

इस्लाम धर्मावलम्बीको रमजान पर्व सुरु

IMG

तिलोत्तमा।इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान मुबारक महिना आजदेखि शुरू भएको छ । एक महिनासम्म चल्ने यो पर्वमा मुसलमानहरू दिनमा निराहार बस्छन् ।रोजा बस्न मुसलमानहरूको उर्दू क्यालेण्डरअनुसार सूर्याेदयभन्दा पहिले अर्थात् बिहानको नमाज पढ्नुअगावै केही खानेकुरा खाइ प्रारम्भ हुने रोजा बेलुकाको नमाज (मगरिब) को आजान सुनेर खोल्ने चलन छ ।निराहार बस्नुलाई रोजा भनिन्छ ।


शरीरलाई चोखो राखेर मात्र रोज बस्नुपर्ने मान्यता छ । व्रत बस्न हिजो बेलुका मुसलमानहरूले चन्द्रमा हेरेका छन् ।रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समयतालिका पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समयअगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्छन् ।उर्दू क्यालेण्डरअनुसार हिजरी संवतकाे रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिइन्छ ।दान दिनु गरिब र दीनदुःखीको सेवा गर्नु, जकात निकाल्नु यो महिनाको विशेषता हो । नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवतीलाई रोजा बस्न अनिवार्य गरिएको छैन ।


कमेन्ट गर्नुहोस्