लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीको मायादेवीमा एक युवाको गाेली हानी हत्या

IMG

तिलोत्तमा।रुपन्देहीको मायादेवि गाउँपालिका २ मा एकजना युवक रगताम्य अबस्थामा मृत फेला परेका छन्। मायादेवि २ डञ्चहवाका २९ बर्षिय राकेश सिंह लोध रगताम्य अबस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एस.पी रंजितसिंह राठौरले जानकारी दिनुभयो ।मृतक लोधको टोउकोमा गंभिर चोट रहेको एसपी राठौरको भनाई छ । 


मायादेवी गाउँपालिका वडा नम्बर २ मा २९ वर्षीय राकेशसिंह लोधको गोली प्रहार गरी हत्या गरिएको घटना घटेको छ। उनी आफ्नै घरको बरन्डामा रगताम्मे अवस्थामा फेला परेपछि प्रहरी अनुसन्धानमा जुटेका छन्।प्रारम्भिक अनुसन्धान अनुसार, राकेशसिंहको मृत्यु गोली लागेर भएको पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी, डीएसपी सुरज कार्कीले घटनामा घरायसी विवादको संकेत गरेका छन्। घटनापछि मृतकको दाजु फरार रहेको जानकारी प्रहरीले दिएको छ। प्रहरीका अनुसार लोधको आफ्नो दाईसंग अंशबण्डा लफडा रहेको थियो । स्थानियले भने लोधलाई गोलि हानेर हत्या गरेको जनाएका छन् । २९ बर्षिय अविवाहित लोध घरमा एक्लै बस्दै आएका थिए । उनका बुबा आमा तथा दाजु भाई अन्यत्रै बस्दै आएका छन् । प्रहरीले घटनाको प्रारम्भीक अनुसन्धान शुरु गरेको जनाएको छ । प्रहरीका अनुसार घटना बिहान साढे ७ बजेतिरको हो।प्रहरीले बिहान ८ जानकारी पाएपछि घटनास्थल पुगेको जनाएको छ । 


प्रहरीले रगताम्य अबस्थामा लोधको शव फेला पारेको थियो ।दाजुभाई वीच अंश मुद्धामा लफडा चलेपछि उनीहरु वीच अंश विवादमा अदालतमा मुद्धा समेत चलेको पारिवारिक श्रोतले जनाएको छ ।घटना पश्चात लोधका दाजु फरार रहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान र दाजुको खोजी एकसाथ जारी राखेको प्रहरीले जनाएको छ । 

कमेन्ट गर्नुहोस्