लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

महाशिवरात्री : तिलोत्तमाका शिवमन्दिरहरुमा बिहानैदेखि चहलपहल, दर्शनार्थीको घुइंचो

IMG

तिलोत्तमा। महाशिवरात्री पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवम् दर्शन गरी मनाइँदै छ ।शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा मनाइन्छ ।व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रीका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।आजको दिन भगवान महादेवलाई जाडो हुने जनविश्वासले हरेक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।


महाशिवरात्रीको अवसरमा बुत्वलाकै प्रख्यात सिद्धबाबा मन्दिरसंगै तिलोत्तमा वरपरका शिव मन्दिरहरुमा बिहानैदेखि दर्शनार्थीहरुको घुइंचो र चहलपहल शुरू भएको छ । बिहान ४ बजेदेखि नै सिद्धबाबाधाममा लास्कार लाइन थियो भने यस वरपरका मन्दिरहरुमा समेत उत्तिकै घुइंचो लागेको छ।यसैबीच आज सिद्धेश्वर महादेव तथा राधाकृष्ण मन्दिर तिलोत्तमा-२ तपाहमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सव,झाँकी सहित कथा प्रबचनका साथै लाख बेलपत्र अर्पण गरिने स्थानिय जागृति युवा क्लबका अध्यक्ष बिदुर केसीले जानकारी दिए।सिद्धेश्वर महादेव मन्दिरमा प्रखर बक्ता पण्डित बिक्रम नेपाल ज्युबाट कथा प्रबचन हुने र साथमा भजन कृतन समेत हुने आयोजक मन्दिर समितिले जनाएको छ।


त्यस्तै तिलोत्तमा ९ दक्षिणटोलामा अरहेको शिव मन्दिर, तिलोत्तमा-३ मा पश्चिम शंकरनगरमा  रहेको शिव मन्दिर, नयामिल १० नम्बर, शारदा स्कुल, योगिकुटी चोक शिव मन्दिर, तिलोत्तमा-१ मा रहेको शिव चोक शिव मन्दिर, नयामिल देवीस्थानमा रहेको शिव मन्दिर, मणिग्राम गिर्वाण मन्दिर, रामेश्वर महादेव मन्दिर मणिग्राम पश्चिम, मनागलापुर्को रामजानकी मन्दिर, कोटिहवाको शिव मन्दिर, तिलोत्तमा-१२ शिवपुर चौकिडाडामा रहेको शिव मन्दिर लागयतका मन्दिरहरुमा दर्शनार्थीहरुको घुइंचो लागेको छ।आज कैलाशकुट र किरातेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । भगवान् श्री महादेवको दर्शन गर्न र महाशिवरात्रि पर्वको मेला भर्न आज तीर्थयात्रीहरुको मन्दिरमा घुइँचो लाग्छ ।

कमेन्ट गर्नुहोस्