लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

केरुङेली समाज रुपन्देहीको २४ औ स्थापना दिवस सामाजिक सेवामा मनाइयो

IMG

तिलोत्तमा। केरुङेली समाज रुपन्देहीको २४ औ स्थापना दिवसको अबसरमा लुम्बिनि अपांग तथा अनाथ आश्रमा आश्रित बालबालिकाहरुलाइ न्यानो कपडा बितरण कार्यक्रम  सम्पन्न गरियको छ। बिस २०५७ सालमा स्थापना भएको  समाजहरु मध्येकै पुरानो समाज केरुङ्गेलि समाज रुपन्देहिको २४ औ साधारण सभा तथा ८औ अधिबेसन एक बृहत कार्यक्रम गरि भब्यताका साथ सम्पन्न गरिएको छ| 


सस्थाका अध्यक्ष यज्ञमुर्ति पण्डेको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि सस्थाका सस्थापक अध्यक्ष तथा संरक्षक डा खिमानन्द पाण्डे,  बिशिस्ट अतिथि  सस्थाका सल्लाहाकारहरु लगायत बिभिन्न क्षेत्रका विशेष अतिथिहरुको उपस्थिति रहेको थियो! कार्यक्रममा सस्थाका वरिष्ठ  उपाध्यक्ष शालिकराम खनालले स्वागत मन्तब्य राख्नु भएको थियो। उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा खिमानन्द पाण्डे लगायत सम्पुर्ण अतिथि बक्ताहरुले  केरुङ्गेलि समाज रुपन्देहिले गरेका कार्यहरुको बारेमा खुलेरै मुक्तकण्ठले प्रशम्सा गर्दै अन्य सस्थाहरुले पनि यस समाजबाट धेरै कुरा सिक्नुपर्ने बताउनु भएको थियो।


कार्यक्रममा सस्थाका सल्लाहकार  गोबिन्द खनाल, देबिपुर सेवा समाजका अध्यक्ष गुनाखर खनाल, हुमराज भुसाल, सोभाखर पाण्डे लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो। समाजले गरेका बिभिन्न कार्यक्रम सफल  बनाउनको लागि आर्थिक रुपमा सहयोग गर्ने सम्पूर्ण सहयोगिदाताहरुलाइ विशेष सम्मान गरिएको थियो| कार्यक्रमका अध्यक्ष पाण्डेले उपस्थित र सहयोगि सबैलाइ बिशेष धन्यवाद दिदै आफ्नो कार्यकालमा गरेका महत्वपुर्ण कामको बारेमा जानकारि गराउदै आफ्नो कार्यकालका सम्पुर्ण पदाधिकारिहरुलाइ ब्यक्तिगत रुपमा मायाको चिनो प्रदान गर्नुभएको थियो | 


साधारण सभा तथा अधिबेशनले नया समिति गठन प्रकृयामा निर्वाचन समिति संयोजक डा खिमानन्द पाण्डे सदस्यहरु बाबुराम पाण्डे, गोबिन्द खनाल, ओम प्रकास श्रेष्ठ, जिवन प्रकास पाण्डेको टिमले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा कार्यसमिति, आजिवन सदस्य, साधरण सद्स्य लगायत करिब १ सय बढी केरुङ्गेलिहरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रम एसियन पार्टी प्यालेसमा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन सचिब तिलक पाण्डेले गर्नुभएको थियो !


केरुङ्गेलि समाज रुपन्देहीको २४ औ साधरण सभा तथा ८ औ अधिबेशनबाट निर्बिरोध निर्वाचित नया नवगठित कार्यसमिति निम्नानुसार रहेको छ!

1.अध्यक्ष :               यज्ञ मुर्ति पाण्डे

2. बरिस्ठ उपाध्यक्ष : शालिकराम खनाल

3. उपाध्यक्ष :          तिलक पण्डे

4. सचिव :             सोभाखर पाण्डे

5 .कोषध्यक्ष :        कमल न्यौपाने

6. सह सचीव :       बिरोध पाण्डे

सदस्यहरुमा नवराज आचार्य,गङ्गा भण्डारि,जिवलाल भुसाल,शिव पाण्डेय,बिष्णु प्रसाद पाण्डे,अर्जुन गौतम,सुर्य पौडेल,अभिनव भुसाल,प्रदिप खनाल,बिस्वमडि भुसाल, हुमराज भुसाल र लेखासमितिमा संयोजक भेषराज पाण्डे,सदस्य दुर्गा प्रसाद श्रेष्ठ निर्बिरोध चयन बहेका छन्।                                                           

कमेन्ट गर्नुहोस्