
तिलोत्तमा,फागुन १०। तिलोत्तमा-१ शंकरनगर रूपन्देहीमा रहेको न्यू लाईट कलेजमा नु लाईड फेस्ट २०८१ सम्पन्न भएको छ । कलेजका अध्यक्ष धर्मराज पौडेलको अध्यक्षता एवं राष्ट्रीय परिक्षा बोर्ड बुटवलका कार्यालय प्रमुख रमाकान्त तिवारीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा छात्रवृत्ति तथा शैक्षिक एवं खेलकुद पुरस्कार वितरण, खुल्ला नृत्य प्रतियोगिता, खाना महोत्सव, लाईभ म्युजिक र लोटरी चिट्टा कार्यक्रम एकसाथ सम्पन्न गरिएको क्याम्पस प्रमुख रमेश ज्ञवालीले जानकारी दिए ।
राष्ट्रिय परिक्षा बोर्डका शाखा अधिकृत बाबुराम भण्डारीको बिशिष्ट आतिथ्यता रहेको कार्यक्रममा १५ सय भन्दा बढी विद्यार्थी र अभिभावकको सहभागिता रहेको तथा ७ सय भन्दा बढी विद्यार्थीहरूलाई विभिन्न विधामा पुरस्कार वितरण गरिएको कलेजका शैक्षिक संयोजक राजेन्द्र कुँवरले जानकारी दिए । विस १०४१ सालमा विद्यालय तह स्थापना भई २०६० बाट १० जोड २ सहित स्नातक तहमा बीएड तथा विविएस सन्चालन भएको यो कलेज काठमाण्डौं बाहिरको एकमात्र बहुमुखि क्याम्पस हो ।
कमेन्ट गर्नुहोस्