लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी सिटी कलेजद्वारा दोस्रो संस्करणको आइटी क्विज सम्पन्न

IMG

तिलोत्तमा,फागुन १०।लुम्बिनी सिटी कलेजको आयोजनामा तिलोत्तमा-४ ड्राइभर टोलमा +2 अन्तर कलेज जिल्ला स्तरीय आईटी क्विज २०८१ सफलतापूर्वक सम्पन्न भएको छ। आधुनिक सूचना प्रविधिमा विद्यार्थीहरूको रुचि र प्रतिस्पर्धात्मक क्षमतालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा रूपन्देहीका विभिन्न +2 स्कुल/कलेजहरूबाट २१ वटा टिम सहभागी भएका थिए, जसबाट उत्कृष्ट ६ टिम मुख्य चरणका लागि छनोट भएका थिए।


प्रतियोगितामा श्री शान्ति नमुना माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको थियो त्यसैगरी  होराइजन GBS ले दोस्रो स्थान र एभरेस्ट इङ्लिस बोर्डिङ माविले तेस्रो स्थान हासिल गरेको थियो। कार्यक्रममा प्रथम द्वितीय र तृतीय हुनेलाई क्रमश नगद रु १० हजार ७ हजार र ५ हजार सहित सिल्ड र प्रमाणपत्रले सम्मान गरिएको थियो।कार्यक्रममा प्रमुख अतिथि डा. दामोदर भुषाल, विशिष्ट अतिथि कार्यवाहक क्याम्पस प्रमुख विशाल कँडेल, विशेष अतिथि भरतराज भुसाल, हरिहर भण्डारी, कार्यक्रम संयोजक ई.सुजन ढकालको उपस्थिति रहेको थियो।


लुम्बिनी ईलाइटका अध्यक्ष सुमित खनालको अध्यक्षतामा सञ्चालित कार्यक्रममा विश्वमा आइटीको महत्व बढ्दै गएको तथा भविष्यमा यसको आवश्यकता र महत्त्व अझै बढ्दै जाने कुरा प्रमुख अतिथि डा. दामोदर भुसालले बताउनुभयो त्यसैगरी प्रतियोगिताले विद्यार्थीहरूलाई प्रविधिमा थप जानकार बनाउने, अनुसन्धान गर्ने क्षमताको विकास गर्ने र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै लुम्बिनी सिटी कलेजका कार्यवाहक क्याम्पस प्रमुख बिशाल कडेंलले सहभागीहरुलाई बधाई र शुभकामना दिनुभएको थियो। कार्यक्रमको क्रममा कलेजको विभिन्न तहमा अध्ययनरत विद्यार्थीद्वारा नृत्य पनि प्रस्तुत गरिएको थियो। कार्यक्रमको सञ्चालन आयुष चापागाईंले गरेका थिए भने कार्यक्रमको उद्घोषण निशान भुर्तेलले गरेका थिए।

कमेन्ट गर्नुहोस्