लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गण्डकी प्रदेशमा वर्षा, काठमाण्डौसहित धेरै ठाउँको मौसम बदली

IMG

काठमाण्डाै – आज गण्डकी प्रदेशको एक/दुई ठाउँमा सामान्य पानी परेको छ । स्याङ्जाको स्याङ्जा स्टेशनमा पछिल्लो १२ घण्टामा ७ मिलिमिटर वर्षा भएको छ । यस्तै म्याग्दीको मुना स्टेशनमा १२ घण्टामा ३ दशमलव ४ मिलिमिटर वर्षा भएको छ ।गण्डकी प्रदेशका प्रायः सबै जिल्लाका केही ठाउँमा छिटपुटदेखि सामान्य वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


यसैबीच काठमाण्डौ उपत्यकासहित बागमती, कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बदली भएको छ । यी प्रदेशका केही ठाउँमा आज राति फाटफुट पानी पर्ने सम्भावना रहेको मौसमविद् हरिप्रसाद दाहालले बताउनुभयो ।विशेषगरी पश्चिम क्षेत्रका कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा पानी पर्ने पूर्वानुमान छ । देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुनेछ । मधेशमा मौसम आंशिक बदली भए पनि वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।मौसमविद् दाहालका अनुसार भोलि दिउँसोपछि मौसममा क्रमिक सुधार हुँदै जानेछ । 

कमेन्ट गर्नुहोस्