
तिलोत्तमा,फागुन ८ गते २०८१।हामीले सुनिरहेको यात्रा सर्भिस त छदैछ। अहिले तपाइको गाडी या मोटरबाईक कतै बाटोमा बिग्रिएर मर्मत गर्नुपरेमा अब झन्झट नहुने भैसक्यो। आफ्नो मोबाइलको एप्स मार्फत तपाइले सजिलै आफुले डाउन्लोड गरेको ईटिएस नेपाल एप्स मर्फत मर्मतका लागि नजिकैको ग्यारेज खोजी गर्न सक्नुहुनेछ। ई-ट्रान्सपोर्टेसन सर्भिसले नेपालभर एण्ड्रोइड र एप्स्टोरमा डाउनलोड गर्न मिल्ने ईटिएस नेपाल एप्स सार्बजनिक गरिसकेको छ। राजमार्गका सबै जसो ग्यारेजहरुलाई एप्स मार्फत सो कार्य अगाडी बढाइएको कम्पनीको म्यानेजर प्रकाश चौधरीले बताउनुभयो।
नेपालका प्रमुख राजमार्गहरुमा सफलतापूर्वक ब्रेक डाउन सेवा प्रदान गरेपछि अब लुम्बिनी प्रदेशका सहरहरुमा आफ्नो सेवा प्रदान गर्न लागेको ई-ट्रान्सपोर्टेसन सर्भिसका म्यानेजर प्रकाश चौधरीले बताउनुभयो। A Smooth Solution To Your Destination नारा दिइएको सो ईटिएस नेपाल एप्स मार्फत अब सवारी धनीहरुले चाहेको बखत बाटोमा सवारी बिग्रिएमा सहज रुपले मर्मत सम्भार गर्न सहज हुने उहाँले बताउनुभयो। प्रधान कार्यालय तिलोत्तमा-१३ पथ्थर डांडामा रहेको ई-क्याब नेपाल र ई-ट्रान्सपोर्टेसन सर्भिस कार्यालयको शाखा बुटवल कालिकानगरमा समेत रहेको छ। हाललाई यो सेवा नेपालभर जारि राखिएको र केहि ठाउँमा सेवा बाँकी रहेको कम्पनीले जनाएको छ।
कमेन्ट गर्नुहोस्