लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पायोनियर एकेडेमीको ११ औँ वार्षिकोत्सव : पायोनियर नमुना विद्यालय भएको बक्ताहरुको भनाई

IMG

तिलोत्तमा,फागुन ८ गते २०८१।रुपन्देहीको तिलोत्तमा–७ भलवारीमा रहेको पाइनियर एकेडेमीको ११ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । बुधबार प्रजातन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले बालबालिकालाई जीवन उपयोगी, सरलीकृत एवँ असल अभ्यासका साथ शिक्षण सिकाई गराइरहेको पाइनियर यसक्षेत्र कै पाको र नमुना विद्यालय भएको बताएका छन । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवँ तिलोत्तमा नगरपालिका वडा न ७ का अध्यक्ष देवीलाल पँगेनीले अभिभावकहरुको साथ र बालबालिकाको मनस्थिति अनुसार अध्ययन अध्यापन गराएर विद्यालयले नमुना योग्य काम गरिरहेको बताउनुभयो । वहाँले पाइनियरले नाम अनुसार काम गरेको भन्दै विद्यालयका हरेक गतिविधिीमा आफ्नो साथ सहयोग र सर्मथन रहने बताउनुभयो । 


विद्यालयका अध्यक्ष डा अमित केसीले बालमैत्री शिक्षणका लागी विद्यालय परिवारले नयाँ र परिस्कृत ढँगले नयाँ नयाँ मन्टेश्वरीका विधि र विधान अपनाइरहेको जानकारी दिनुभयो । वहाँले पाइनियरले शैक्षिक क्षेत्रमा गरेको प्रगति आर्फैमा उदाहरणीय रहेको बताउनुभयो । विद्यालय प्रागँणमा आयोजित कार्यक्रममा बोल्दै नमस्ते एकेडेमीका प्राचार्य एाव शिक्षाविद राजेन्द्र कुवँरले बालमैत्री शिक्षण सिकाईमा यसक्षेत्र मै अग्रणी पाइनियरले आफुलाई थप अब्बल बनाउदै लगेको भन्दै धन्यवाद दिनुभयो । 


वहाँले पाइनियर यसक्षेत्र कै सबैभन्दा ठुलो मन्टेश्वरी विद्यालयका रुपमा स्थापित हुदै गएको भन्दै विद्यालयको प्रशँशा पनि गर्नुभयो । कार्यक्रममा लोकेटार टोल विकाश समितिका अध्यक्ष बिनोद श्रेष्ठ, ब्यवस्थापन समिति सदस्यहरु प्रकाश पोख्रेल, सदस्य रोशन अधिकारी, राजेश खनाल, दुर्गा गुरुगँ लगायतको सहभागिता रहेको थियो । विद्यालयका प्राचार्य शुशिल गौतमले बार्षिक प्रगति प्रतिवेदन पेश गर्नुभएको कार्यक्रममा मिष्टर पाइनियर २०८१ को उपाधी सागर केसी र मिस पाइनियरको उपाधी न्यान्सी पुनले जित्न सफल हुनुभयो ।


यसैगरि परिचायत्मक कार्यक्रमको एल केजी छात्र छात्रा तर्फबाट देवसन भण्डारी र डेनी पुन प्रथम तथा युकेजी तर्फबाट प्रमित लोहनी र प्रनिषा आचार्यले प्रथम स्थान हासिल गर्नुभयो । विद्यालयका सदस्य प्रकाश पोख्ररेलको स्वागत र अभिभावक तथा शुभेच्छुक रविन जोशीको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । यसैगरि प्रतियोगिताहरुमा सहभागिता जनाउदा कस्तो अनुभुति हुन्छ भन्ने उद्धेश्य राखेर अभिभधावकहरुलाई पनि विभिन्न खेल विधामा सहभागि गराइएको थियो ।

कमेन्ट गर्नुहोस्