लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ज्ञानगंगा पाठशालाको १३ औँ वार्षिक उत्सव समारोह:युग सापेक्ष शिक्षा प्रदान गर्न संघिय सांसद घिमिरेको आग्रह

IMG

तिलोत्तमा,फागुन ७।प्रतिनिधि सभासदस्य वासुदेव घिमिरेले संस्थागत विद्यालयको समस्या समाधान गर्न निरन्तर प्रयास गरिरहनुपर्ने बताउनुभएको छ । ज्ञान गङ्गा स्कुलको १३ औँ वार्षिक समारोह र अभिभावक दिवसमा प्रमुख अतिथि सांसद घिमिरेले देशको शैक्षिक विकासमा संस्थागत विद्यालयहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।


उहाँले देशको शिक्षा प्रणालीलाई  युग सापेक्ष निरन्तरता दिनुपर्नेमा जोड दिँदै शिक्षासँगै संस्कृतिलाई समेत थप्न सके भविष्यमा अगाडि बढ्न सहज हुने बताउनुभयो । विद्यालयका अध्यक्ष ऋषिराम.पाण्डेको अध्यक्षता तथा वडा ४ का अध्यक्ष हरिबहादुर क्षेत्रीको  आतिथ्यमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चन्द्र अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्दै सबै शिक्षक, विद्यार्थी र अभिभावकको शिक्षण सिकाइ बलियो रहेको त्यसलाई निरन्तरता दिने बताउनुभयो ।


विद्यालयका परामर्शदाता डा. विनोद पराजुलीलेले विद्यार्थीहरूलाई आफ्नो स्वास्थ्य र खानपानमा ध्यान दिएर सबै पक्षमा बलियो बन्न आग्रह गर्नुभएको कार्यक्रममा वडा अध्यक्ष हरिबहादुर क्षेत्री, सल्लाहकार टीकाराम घिमिरे, विद्यालय प्रबन्ध निर्देशक युवराज न्यौपाने, व्यवस्थापन समिति सदस्य खुमाकान्त पौडेल, ज्ञानप्रसाद ज्ञवाली, कृष्णबहादुर जिसी विद्यार्थी प्रतिष्ठा ज्ञवाली आदिले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा जोड दिनुभयो  । शिक्षक कुलचन्द्र पुरीको सञ्चालनमा  सम्पन्न कायृक्रममा विद्यार्थीहरूले विभिन्न गीत, नृत्य, संवाद, नाटक आदि सहित विभिन्न प्रस्तुतिहरू प्रस्तुत गरेका थिए ।                                           

कमेन्ट गर्नुहोस्