
तिलोत्तमा,फागुन २।दाङको भालुवाङमा पिङ खेल्न गएका ८ वर्षीया र १४ वर्षीया बालिकामाथि दुई बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।दाङको राप्ती गाउँपालिका वडा नं १ भालुवाङस्थित २९ नम्बर ज्वालामाई गणमा कार्यरत सशस्त्रका सहायक हवल्दार भरत रोका मगर र जवान रेवन पचभैया मगर बालिकाहरुमा यौनजन्य क्रियाकलाप गरेको आरोपमा पक्राउ परेको सशस्त्र प्रहरीले पुष्टि गरेको छ।दुई बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा उनीहरूलाई बुधबार पक्राउ गरि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दाङ पठाइएको सशस्त्र प्रहरीका केन्द्रीय सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए।दाङ जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले घटनाबारे सशस्त्रले आफै अनुसन्धानका लागि पठाएको र अनुसन्धान जारी रहेको बताए।
दसैंको समयमा, असोज २४ गते बेलुकीपख गणनजिकै पिङ खेल्न गएका ८ वर्षीया र १४ वर्षीया बालिकामाथि अपरिचित व्यक्तिले बलात्कार गरेको भन्दै पीडितका आफन्तले सोही रात प्रहरीलाई सूचना दिएका थिए। सूचना पाएलगत्तै प्रहरीले अनुसन्धान थाले पनि बलात्कारमा संलग्न भनिएका व्यक्तिको पहिचान हुन सकिरहेको थिएन।प्रहरीले लामो समयसम्म पनि दोषी पहिचान गरी नियन्त्रणमा लिन नसकेको भन्दै स्थानीयले विरोध गरेका थिए। बुधबार त स्थानीयले भालुवाङ बजार बन्द गराउनुका साथै त्यहाँको सशस्त्र प्रहरीको २९ नम्बर ज्वालामाई गणमासमेत घेराउ गर्दै आरोपितलाई नजोगाउन माग गरेका थिए।सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले घटना अनुसन्धानका लागि सशस्त्र प्रहरीले निष्पक्ष रूपमा सघाउने बताए। कुनै व्यक्तिले गर्ने गल्तीमा सिंगो संगठन जोड्न नहुने पनि उनले बताए।
कमेन्ट गर्नुहोस्