
तिलोत्तमा,माघ २९ गते २०८१।प्यालेस्टाइनी विद्रोही समूह हमासले बाँकी चरणमा इजरायली बन्धकको रिहाइ रोक्ने चेतावनी दिएको छ ।इजरायलले गाजा युद्धविराम सम्झौता उल्लङ्घन गरेको भन्दै हमासले आउँदो चरणमा बन्धकको रिहाइ रोक्ने चेतावनी दिएको बीबीसीले जनाएको छ।हमासले उत्तरी गाजामा विस्थापित व्यक्तिहरुको फिर्तीमा ढिलाइ हुनु, गाजापट्टीको विभिन्न क्षेत्रमा अझै गोलाबारी हुनुलाई इजरायले सम्झौता उल्लङ्घन गरेको भनेको छ ।
इजरायलले सहमतिअनुसारको मानवीय सहायताको अनुमति पनि नदिएको हमासको आरोप छ।गएको शनिवार तीन जना इजरायलीलाई हमासले रिहा गरेको बदलामा युद्धविरामको सम्झौता अनुरुप इजरायलमा थुनामा रहेका थप प्यालेस्टिनी कैदीहरूको रिहा नभएको हमासले दाबी गरेको छ । इजरायलले भने गाजाको कुनै पनि सम्भावित परिदृष्यका लागि सेनालाई उच्च अलर्टमा राखिएको प्रतिक्रिया दिएको छ । रक्षामन्त्री इजराइल काट्जले आईडीएफलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको बताउनुभएको छ ।सम्झौतायता अहिलेसम्म २१ इजरायली र पाँच सय ६६ प्यालेस्टिनी बन्धकहरू रिहा भइसकेका छन् । हमासको कब्जामा रहेका भनिएका नेपालका विपिन जोशी अझै रिहा हुन सकेका छैनन् ।
कमेन्ट गर्नुहोस्