लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ठमेलमा प्रहरीमाथि आक्रमण घटना : दुई जना पक्राउ, अखिल नेता फरार

IMG

तिलोत्तमा,माघ २७। ठमेलमा ड्युटी खटिएको प्रहरीमाथि आक्रमण गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा दिनेश सिग्देल र रमेश फुलारा रहेको छन् । उनीहरू दुवै जना अमृत साइन्स क्याम्पस (अस्कल) मा अध्ययनरत विद्यार्थी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए ।प्रहरी स्रोतका अनुसार पक्राउ परेका दुवै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध छन् ।


पक्राउ परेका सिग्देल अनेरास्ववियु अस्कल क्याम्पसका प्रारम्भिक कमिटी अध्यक्ष हुन् ।उनीहरूको समूहले दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टीम (क्यूआरटी) को टोलीमाथि आक्रमण गरेको थियो ।आक्रमणबाट प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्ट घाइते भएका थिए । उनीहरूको टाउको र शरीरका विभिन्न भागमा चोट समेत लागेको थियो ।


प्रहरीको मोटरसाइकल लडाउँदै उनीहरूले कुटपिट गरेका थिए भने प्रहरीको लौरो समेत फालिदिएका थिए ।कुटपिटका मुख्य योजनाकार अनेरास्ववियुकै नेता कमल जोशी रहेको प्रहरीको भनाइ छ । जोशीसहित ६/७ जनाको समूहले प्रहरीमाथि आक्रमण गरेको थियो ।जोशी अनेरास्ववियुको स्थायी कमिटी सदस्य तथा अस्कलको पूर्वस्ववियु सभापति समेत हुन् । जोशी भने अहिलेसम्म फरार छन् ।

कमेन्ट गर्नुहोस्