
नेत्र रुचाल,तिलोत्तमा,माघ २६। । तिलोतमा नगरपालिका भित्रका स्थानिय संघसस्थाको सहकार्य फर्निचर उधोग संघको पहलमा तिलोतमा बिना दर्ता संचालित उधोग घुमन्ते कामदारको अनुगमन तथा नियमन सुचारु हुने भएको छ। फर्निचर उधोग संघ रुपन्देहीको आयोजनामा संघका बरिस्ठ उपाध्यक्ष तथा जिल्ला अनुगमन उपसमिती सयोजक जीवकान्त काफ्लेको अध्यक्षतामा भएको उधोगीहरुको भेलाले सो निर्णय गरेको हो। तिलोतमा नगरस्तरीय फर्निचर अनुगन उपसमिति तिलोतमाका १७ वडाकै फर्निचर उधोगीहरुको उपस्थितिमा पछी थप सदस्य चयन गर्ने गरि ७ सदस्यीय तिलोतमा नगरस्तरिय फर्निचर अनुगमन उप समिती संघका कार्यसमिती सदस्य अनिरुद्र खनालको सयोजकत्वमा अनुगमन समिति गठन गरेको छ। जसको सहसयोजकमा देबेन्द्र सर्मा, सचिबमा केसब ज्ञवाली र सदस्यहरुमा गोबिन्द सारु,रामचन्द्र कंडेल ,रुपेस गौतम ,मोहन शाह रहेको छ।
उक्त भेलामा जिल्ला अनुगमन समिती सयोजक जिबकान्त काफ्लेले फर्निचर संघ रुपन्देहीले स्थापना काल देखि नै अनुगमनको कार्यक्रम गर्दै आएको र अनुगमन गर्नुको मुख्य कारण देस तथा बिदेशबाट आएका बिनादर्ता घुमन्ते कामदार ठेक्दार समूहले स्थानीय उपभोक्ताको घरघरमा गई फर्निचर उत्पादन गरिदिदा स्थानिय सरकारलाई लाखौको राज्स्व कर चुहावट हुने तथा उधोगीहरुको उधोगमा काम नहुने कामदार पलायन हुँदै जाने समस्याले उधोग नै बन्द गर्न पर्ने अवस्था सिर्जना भएको छ। उक्त कार्यलाई निरुत्साहित पार्न निरन्तर अनुगमनको खाचो रहेको बताए।
फर्निचर उधोग संघ रुपन्देहीका अध्यक्ष तेजप्रसाद पराजुलीले तिलोतमा नगरभित्र संघले बिगतका बर्षहरुमा पनि तिलोतमा नगर पालिका र संघको पहलमाअनुगमन भएको र उक्त अनुगमन सयोजक लिल कार्किको सयोजनमा भएको अनुगमनको कार्यक्रम निकै सफल रहेको र केही बर्ष अनुगमन बन्द हुदा यहाँ का उधोगी हरु पीडामा रहेको बताए । तिलोतमा नगर भित्र अनुगमनको लागि बारम्बार भइ रहेको अन्तर्किया कार्यक्रम र उधोगी हरु सहित को सम्बाद बाट तिलोतमा का नगर प्रमुख रामकृष्ण खाडले तिलोतमा नगरपालिका भित्र स्थानिय निकाय फर्निचर संघ स्थानिय संघ सस्था सहित अनुगमन गर्न पहल गर्ने बताए । अनुसार नै उधोगी भेला गरि समिती चयन भयको बताए ।उक्त भेला मा संघ का सल्लाहकार समिती पुर्ब अध्यक्ष बिष्णु कुमार श्रेष्ठले उधोगी हरु अहिले आर्थिक मन्दीको विषम परिस्थितिमा उधोग सन्चालन गर्ने कि बन्द गर्ने भन्ने समस्यामा रहेका छ्न ।
दिन प्रती दिन हजारौंको संख्या मा युवा युवती पलायन हुदा कामदार को समस्या औधोगिक क्षेत्र ब्य्बस्थापन नहुदा छरियर रहेका उधोग हरु बजार गाउँ क्षेत्र बाट पलायन हुँदै बन्द हुने अवस्था रहेको र सङिय सरकार प्रदेस स्थानिय सरकार को नीति गत पहल जरुरी रहेको बताए। भेलामा नेपाल फर्निचर उधोग तथा फर्निचर ब्यबासायी महासंघ का सचीव अशोक कुवर ले उधोगीका समस्या प्रदेश महासङ्ग हुँदै महासंघको केन्द्रमा उधोगी हरुको समस्या लाई सामाधान गर्न सङिय सरकार मा पहल गर्ने बताए । संघ का उपाध्यक्ष तथा बुटवल उप महानगर अनुगमन समिति सयोजक नेत्र रुचालले बुटवल उप महानगरपालिका तथा स्थानीय १९ वडा को सहकार्यमा संघको पहलमा बुटवल नगर भित्र भइरहेको अनुगमन सफल हुँदै गइरहेको अनुगमनको अनुसरण गर्दै । तिलोतमा नगर अनुगमन लाई सफल बनाउनु पर्ने बताए । उक्त कार्यक्रमको सन्चालन फर्निचर उधोग संघ रुपन्देहीका महासचिव खिम खडकाले गरेका थिए ।
कमेन्ट गर्नुहोस्