लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गीर्वाण माविमा खेल महोत्सव शुरु:गीर्वाण डोजाङ्गका मुख्य प्रशिक्षक सृष्टि पन्त सम्मानित

IMG

तिलोत्तमा,माघ २२।रुपन्देहीको तिलोत्तमा ५ मणिग्राममा अवस्थित श्री गीर्वाण सरस्वती सँस्कृत तथा साधारण माध्यमिक बिद्यालयमा खेल महोत्सव शुरु भएको छ ।  बिद्यालयको ५९ औ बार्सिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित खेल महोत्सवको पहिलो दिन पुरुष क्रिकेट लगायतका विभिन्न खेलहरु सम्पन्न गरिएको छ। जसमा सँस्कृत किँगस् प्रथम तथा गीर्वाण टाइगर द्धितिय भए भने छात्र छात्रा सटपुट अर्थात छेलो फाल्ने प्रतियोगिता, नर्सरी केजीका विद्यार्थीहरुका लागी बेलुन ब्लाष्ट, १०० मीटर दौड, पिरामिड दौड, कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरुका लाथी कक्षा २ र ३ विद्यार्थी भाई बहिनीहरुका लागी स्पुन रेस तथा कक्षा २ र ३ का लागी विद्यार्थीहरुको १०० मीटर दौढ लगायतका प्रतिस्प्रर्धा सम्पन्न गरिएको खेल सँयोजक दीपक जँग पौडेलले जानकारी दिनुभयो ।


खेलकुद महोत्सवका विषयमा जानकारी दिदै विद्यालयका प्राचार्य केदारचन्द्र पराजुलीले ग्रासरुट लेवलका विद्यार्थीहरुको खोजी गर्ने र तिनिहरुलाई नियमित प्रशिक्षण दिई सही ढँगबाट उत्कृष्ट खेलाडीको रुपमा तयार पार्ने मुल उद्धेश्य सहित विद्यालयले खेल महोत्सवको आयोजना गरेको जानकारी दिनुभयो । विद्यालयले खेलकुदसँगै अन्य विधालाई समेत प्राथमिकतामा राखेर आफ्नो योजना अघि बढाएको र सोही अनुरुप विद्यार्थीमा अन्तरनिहित प्रतिभा प्रस्फुटनका लागि सहयोगी बनोस भनेर नै  खेल महोत्सवको आयोजना गरिएको पराजुलीले जानकारी दिनुभयो । खेल महोत्सवको उद्धघाटन सत्रमा विद्याालय ब्यवस्थापन समितिका अध्यक्ष यमदत्त सुवेदी, ब्यवस्थापन समिति सदस्य मीनप्रसाद अधिकारी, शिक्षक, कर्मचारी तथा विद्यार्थी लगायतको उल्लेख्य सहधागिता रहेको थियो ।


तिलोत्तमा ८ स्थित ज्योतिनगर खेल मैदानमा माघ २२ गते मँगलबारबाट शुरु भएको खेल महोत्सव माघ २४ गते बिहिबारसम्म चल्नेछ । कक्षागत तथा तहगत हिसावमा आयोजना भैरहेको खेल महोत्सवमा करीव ५० बढी इभेन्ट्मा कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुले प्रतिस्प्रर्धा गरिरहेका छन । यसैबीच गत माघ १९ गते सम्पन्न रुपन्देही जिल्ला स्तरिय गीर्वाण कप २०२५, जुनियर तेक्वान्दो च्याम्पियन्समा तेस्रो स्थान हासिल गरेका विद्यार्थीहरुको हौसला बुलन्द होस भन्ने उद्धेश्यले विद्यालय प्राँगणमा गीर्वाण डोजाङ्गका मुख्य प्रशिक्षक सृष्टि पन्तलाई सम्मानित गरिएको छ । जिल्लाभरिका सामुदायिक तथा सँस्थागत विद्यालयहरुको सहभागितामा गीर्वाण माविले आयोजना गरेको प्रतियोगितामा गीर्वाण डोजाङ्ग ले तेस्रो स्थान हासिल गरेको थियो । 



कमेन्ट गर्नुहोस्