
तिलोत्तमा,माघ २१।लुम्विनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषदको आयोजनामा आईतवार पाणिनि सम्मेलन तयारीको सम्वन्धमा बुटवलमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । पाणिनि संस्कृत भाषाको प्रसिद्ध व्याकरणको उदगम स्थल भएकोले यसको संरक्षण र विकास गर्न सके धार्मिक पर्यटक भित्रयाई आर्थिक उपार्जन गर्न सकिने कुरामा सहभागीहरुले जोड दिएका छन ।
पर्यटनको आधार सस्कृति र प्रकृति हो भन्ने मान्यता स्थापित गर्नका लागि प्रदेश सरकारले पाणिनी सम्मेलनको आयोजनको तयारी गरेको मन्त्रालयका वरिष्ठ शाखा अधिकृत गणेश घिमिरले बताउनुभयो । लुम्विनी प्रदेशमा रहेका सम्पदासित स्थानीयलाई कसरी जोड्ने भन्ने उद्देश्यले नै यो कार्यक्रम गर्न खोजिएको उहांले बताउनुभयो।कार्यक्रममा १००८ स्वामी श्री ज्ञानानन्द सरस्वतीले पाणिनी तपोभूमीको महिमा निकै महत्वपूर्ण रहेकाले यसको संरक्षणमा सबैको सहयोग जरुरी हुने बताउनु भयो । प्रकृतिसँग विरोधाभास नहुने गरी संरचना निर्माण गर्नु पनेमा जोड दिनु भयो । उहाँले पाणिनीको वारेमा पुस्तिका तयार गरेर देश विदेशमा प्रचार गर्न सुझाव दिनु भयो । इतिहासवारे कलम चलाउने काम बिद्वानहरुले निर्धक्क साथ लेख्नुपर्ने भन्दै स्वामी सरस्वतीले पाणिनिको महत्व उजागर गर्न ढिला गर्न नहुने धारणा राख्नु भयो ।
पाणिनी गाउँपालिका अध्यक्ष,टेकराज न्यौपानेले बिश्वकै विशेषता भएको स्थलको संरक्षणका लागि सम्मेलन मार्फत दीर्घकालिन गुरुयोजना बनाउनका लागि सहजहुने धारणा राख्नु भयो । यसका लागि पालिकाको पूरै टिम यो अभियानमा जुटेको समेत बताउनु भयो ।पर्यटन विकास परिषदका कार्यकारी अधिकृत रामु जोशी धार्मिक सर्किट वनाउने मुख्यमन्त्रीको योजना रहेको बताउदै रिडी, स्वर्गद्वारी, पाणिनि आदि जोडेर सर्किट बनाउनु जरुरी रहेको खुलासा गर्नु भयो ।
कार्यक्रममा पाणिनि विकास परिषद गठन गर्नुपर्ने तपोभूमि केन्द्रीत वेभसाइट तयार गर्नु पर्ने लगायतका विषयमा वरिष्ठ पत्रकार डी.आर. घिमिरे,,विष्णु भूसाल, बालकृष्ण चापागाइ सहभागी युवराज कणेंल, ज्योतिस.जनार्दन न्यौपाने, रामप्रसाद घिमिरे, बलवहादुर आचार्य, धनिश्वर पोख्रेल,कृष्ण पौडेल, पुनाराम पोख्रेल, अच्यूत गौतम,रामप्रसाद पोख्रेल, ऋषिआजाद,विष्णु पोख्रेल लगायतले सुझावदिनु भएको पालिकाका कार्यकारी अधिकृत रोमनाथ न्यौपानेले बताउनुभयो।
कमेन्ट गर्नुहोस्