
तिलोत्तमा,माघ १८।रुपन्देही जिल्लाको प्रहरी चौकीमा बुधबार चोरी भएको छ । ईलाका प्रशासन कार्यालय मझगावाँ रुपन्देहीमा चोरी भएको हो । उक्त कार्यालयबाट प्रवाह हुने राष्ट्रिय परिचयपत्र सेवाको कोठा नम्बर २ को ताला तोडेर चोरी भएको कार्यालय प्रमुख यज्ञराज पोख्रेलले बताउनुभयो । बुधबारराती अज्ञात व्यक्तिले ताला तोडेर ल्यापटप तथा क्यामेरा चोरेर लगेको कार्यालय प्रमुख पोख्रेलले बताउनुभयो । कार्यालयमा सिसिटीभी क्यामेरा छैन । त्यसैले चोरी गर्न आएका कुनै व्यक्तिको पहिचान खुलेको छैन । बिहान कर्मचारी आएपछि ताला तोडिएको अवस्थामा देख्नासाथ खबर गरिएको पोख्रेलले बताउनुभयो।
कार्यालयबाट नागरिकता, राष्ट्रिय परिचयपत्र, मधेशी, दलित लगायत प्रमाणितका सेवाहरु प्रदान हुँदै आएको कार्यालय प्रमुख पोख्रेलले जानकारी दिनुभयो । ईलाका प्रहरी कार्यालय मझगावाँका प्रमुख प्रहरी निरीक्षक सन्तोष बस्यालले चोरीको घटनाबारे अनुसन्धान सुरु भएको बताउनुभयो । उहाले ईलाका प्रशासन कार्यालय मझगावाँमा सिसिटीभी क्यामेरा हराएको बताउनुभयो। नजिक रहेका अन्य कार्यालयमा जडान भएको क्यामेराको सहायतासहित विभिन्न प्रविधिको प्रयोग गरी कडा अनुसन्धान थालिएको छ । उक्त घटनामा एक थान एचपी कम्पनीको ल्यापट र एक थान क्यानान कम्पनीको क्यामेरा चोरी भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरी निरीक्षक बस्यालले जानकारी दिनुभयो।
कमेन्ट गर्नुहोस्